
मेचीनगर, २९ असार । प्रा.डा.जगमान गुरुङले कोशी प्रदेश सबैको साझा हो, सबै जाति आटेर बसेको बताएका छन् ।
आज काँकरभिट्टामा भानु साहित्यिक प्रतिष्ठान मेचीनगरले आयोजना गरेको २११ औँ आदिकवि भानुभक्त आचार्यको जन्म जयन्ती कार्यक्रममा उनले यस्तो कुरा बताएका हुन् ।
नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व उपकुलपति समेत रहेका प्रा.डा.गुरुङले कोशी सबैको साझा हो, यहाँ सबै जातिको बसोबास छ, मिलेर बसेको बताए ।
‘राजनीतिले मान्छेलाई विखण्डित गर्छ’, गुरुङले भने—‘साहित्यले राजनीतिलाई जोड्छ । धर्म र संस्कृतिलाई मानेर राजनीति गरे सफल हुन्छ ।’
उनले भने ‘सरकारले भानुजयन्ती कहिलै मनाउदैन । संस्कृति मन्त्रालय अन्तरगत तीनवटा प्रतिष्ठान छन् । ती प्रतिष्ठानहरुले भानुजयन्ती मनाएको देखेको छैन । भारतमा राज्यले तामझामका साथ मनाउँछ । तर, हाम्रोमा उपेक्षा गरेको छ । नेपाली भाषा र संस्कृतिका लागि राष्ट्र हितमा मिलेर हिड्नुको विकल्प छैन् ।’
प्रा.डा.गुरुङलाई आज काँकरभिट्टामा भानु जयन्तीको अवसरमा भानु साहित्यिक प्रतिष्ठानले नगद एकलाख १ हजार रुपैयाँसहित भानु साहित्यिक राष्ट्रिय पुरस्कारबाट सम्मानित गरेको छ ।




Discussion about this post