७ जेष्ठ २०८२, मंगलवार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

स्वास्थ्य

डा.ज्योतिद्वारा पिडियाट्रिक एन्डोक्राइनोलजी सेवा

साउन ५, २०८१, ९:३१ .शनिबार
0
0
0
SHARES
37
VIEWS
Share on FacebookShare on Twitter

बिर्तामोड, ५ साउन । पिडियाट्रिक एन्डोक्राइनोलजीमा फेलोसिप गरेकी डा.ज्योति अग्रवाल पूर्वमा कार्यरत एक मात्र चिकित्सक हुन् ।

उनी बिर्तामोड स्थित पूर्ण टुंग बिर्तासिटी अस्पतालमा कार्यरत छिन् । बालबालिकाको हर्मोनका कारण देखा पर्ने विभिन्न समस्याहरुको पहिचान गर्दै उपचार सेवा गरिरहेकी छिन् ।

साउथ इस्ट एसिया पिडियाट्रिक एशोसिएसनको हालै सम्पन्न सेमिनारको नेतृत्व उनकै अगुवाइमा भएको थियो । विभिन्न ६ वटा देशका पिडियाट्रिक विशेषज्ञ डाक्टरहरुले सेमिनारमा सहभागिता जनाएका थिए ।

भारत, बंगलादेश, श्रीलंका, पाकिस्तान जस्ता देशहरुमा पछिल्लो समय बालबालिकामा कस्ता समस्या देखापरिरहेका छन् र नेपालमा रहेका बालबालिकामा कस्ता–कस्ता समस्या देखिएको र उनीहरुको उपचार कसरी गर्ने भन्ने विषयमा छलफल भएको डा.अग्रवालले बताइन् । हाल बालबालिकामा पिडियाट्रिक डाइबेटिज र पिडियाट्रिक थाइराइडको समस्या बढेर गएको डा.अग्रवालको भनाइ छ ।

कतिपय बालबालिकामा पिडियाट्रिक डाइवेटिज र पिडियाट्रिक थाइराइड गर्भावस्थाबाट नै शुरु हुने उनको भनाइ छ । कतिपय बालबालिकामा थाइराइडको ग्रन्थी नै नहुने र कतिपय बालबालिकामा भएको ग्रन्थीले पनि काम नगर्ने अवस्थाका विरामी उपचारका लागि अस्पतालमा आउने गरेको उनको भनाइ छ ।

जंघफुड, प्याकेडका तयारी खानेकुरा, मोवाइल, टिभी र ग्याजेटको बढी प्रयोगका कारण पनि बालबालिकामा यस्तो समस्या हुने गरेको डा.अग्रवाल बताउँछिन् । जसका कारण बालबालिकामा मोटोपन बढेर जाने र टाइप टु डाइवेटिज, थाइराइडको समस्या हुने गरेको उनको भनाइ छ ।

कतिपय आमाहरुले बच्चा जन्मिएपछि राम्रोसँंग स्तनपान नगराउँदा समेत यस्ताखाले समस्याहरु देखापर्ने गरेको डा.अग्रवालले बताइन् । उनले नवजात शिशुलाई राम्रोसँंग स्तनपान गराउन आमहरुलाई सुझाव समेत दिइन् ।

हाल बिर्तासिटी अस्पतालमा डा. अग्रवालकै नेतृत्वमा टाइप वान, टाइप टू डाइवेटिज, थाइराइडको उपचार भइरहेको छ । यसका साथै पिडियाट्रिक एन्डोक्राइनोलजी अन्तरगत नै पर्ने हर्माेनल डिस्ब्यालेन्सका कारण बालबालिकामा देखा पर्ने होचोपन, अस्वभाविक अग्लोपनको समेत उपचार भइरहेको उनले बताइन् ।

बालबालिकामा तत्वको फेरबदलले गर्दा पनि विभिन्न खाले समस्या देखा पर्ने गरेको उनको भनाइ छ । सोडियम, पोटासियम, क्याल्सियमको फेरवदलले समेत यस्ताखाले समस्या हुने गरेको उनको भनाइ छ ।

बालिकाहरुमा हर्माेनल समस्याका कारण समयभन्दा अगाबै शरीरमा रौ पलाउने, छाती ठूलो हुने, समय नपुगी महिनावारी हुने जस्ता समस्या समेत आउने गरेको उनको भनाइ छ । यस्ता बालवालिकाको समेत बिर्तासिटीमा उपचार हुने गरेको उनी बताउँछिन् । यस्ता समस्या बालबालिकामा देखा परे तत्काल पिडियाट्रिक एन्डोक्राइनोलजीष्टलाई देखाउनु पर्ने उनको सुझाव छ ।

बिर्तासिटी अस्पतालसहित काठमाडौंस्थित कान्तिबाल अस्पताल र बुटवलमा मात्रै यो सेवा रहेको उनको भनाइ छ । नेपालमा हाल पिडियाट्रिक एन्डोक्राइनोलजी डा.४÷५ जना मात्र रहेको उनले बताइन् ।

डाइवेटिज हुने बालबालिका दुब्लाउँदै जाने, पानी धेरै खान खोज्ने, खाना धेरै खाँदा समेत नमोटाउने, छिन–छिनमा भोकाउने जस्ता लक्षण देखा पर्ने र थाइराइड हुँदा कोही बालबालिका मोटाउने र कोही दुब्लाउँदै जाने डा.अग्रवालले बताइन् । बालवालिकामा यस्ता समस्या देखा परे तत्काल चिकित्सकसंँग परामर्श लिन उनको सुझाव छ ।

‘थाइराइड हुने धेरैजसो बालवालिका मोटाउँदै जाने, सुस्त हुने, छिट्टै थाक्ने गर्छन्’ उनले भनिन् – ‘कतिपय बालवालिकामा भने बच्चा आत्तिने, रिसाउने, झाडापखाला लागिरहने, धेरै गर्मी महसुस गर्ने समस्या देखा पर्ने गरेको छ ।’

पछिल्लो समाचार

´शैक्षिकस्तर सुधार्न विद्यालयमा माेवाइल प्रतिबन्ध गर्नुपर्छ`

अघिल्लो समाचार

बंगलादेशबाट अहिलेसम्म ६४८ विद्यार्थी पूर्वी नाका आइपुगे

Related Posts

वडाले बाढ्यो किसानलाई कृषि औजार
banner -1

वडाले बाढ्यो किसानलाई कृषि औजार

जेष्ठ ६, २०८२, ७:२७ .सोमवार
मेचीनगरमा धमाधम बाढिदैँ ‘सहिद वीरेन छात्रवृति’ रकम
banner

मेचीनगरमा धमाधम बाढिदैँ ‘सहिद वीरेन छात्रवृति’ रकम

जेष्ठ ६, २०८२, ६:३६ .सोमवार
लैङ्गीक हिंसा अन्त्य गर्न समुदायसँग जोडिदै मेचीनगर
banner -2

लैङ्गीक हिंसा अन्त्य गर्न समुदायसँग जोडिदै मेचीनगर

जेष्ठ ५, २०८२, ७:१६ .आइतवार
शर्माले सगरमाथा बेसक्याम्पमा मन्त्रीहरु बोलाएर गरे छलफल
banner -1

शर्माले सगरमाथा बेसक्याम्पमा मन्त्रीहरु बोलाएर गरे छलफल

जेष्ठ ४, २०८२, ५:३९ .शनिबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.