बिर्तामोड, १२ साउन । बिर्तामोड उद्योग वाणिज्य संघको बिशिष्ठ सदस्य पदमा मनोनित निर्मल भट्टराईले सपथ लिएका छन् ।
शनिवार बिर्तामोड उद्योग वाणिज्य संघको सभाहलमा आयोजित कार्यक्रमकाबीच भट्टराईले सपथ लिएका हुन् । उनलाई संघका अध्यक्ष राजु न्यौपानेले पद तथा गोपनियताको सपथ गराएका थिए ।
संघको विधान २०७३ को परिच्छेद नंं. ३ को दफा ६.१ को उपदफा ‘घ’ मा व्यवस्था भए अनुसार संघको कार्यकारिणी समितिको बिशिष्ठ सदस्य पदमा भट्टराईलाई मनोनयन गरिएको थियो ।
गत विहीबार बसेको संघको कार्यसमितिको बैठकले निर्मल स्टोरका प्रोप्राइटर समेत रहेका भट्टराईलाई वाणिज्य संघको बिशिष्ठ सदस्य पदमा मनोनित गरेको थियो ।
बिर्तामोडका युवा व्यवसायी भट्टराई नेपाल अलैंची ब्यवसायी महासंघका केन्द्रीय अध्ययक्ष, उनी एभरेष्ट लार्ज कार्डम इन्ड्रिष्टिका अध्यक्ष समेत हुन् ।
बिर्तामोड–५ निवासी भट्टराई विभिन्न सामाजिक संघ–संस्थामा समेत क्रियाशील छन् । उनी लोकप्रिय युवा व्यवसायीका रुपमा परिचित छन् ।
त्यस्तै संघको चार्टर्ड एकाउण्टेन्सका रुपमा एञ्जिला मैनालीलाई नियुक्त गरिएको छ । उनी बिर्तामोडकी स्थानीय हुन् ।
मैनालीले व्यवसायीलाई करका विषयमा आवश्यक परामर्श दिने र समस्या देखिए सुल्झाउन सहयोग पुर्याउने प्रतिवद्धता व्यक्त गरिन् ।
कार्यक्रममा नव नियुक्त बिशिष्ठ सदस्य भट्टराईले संघको विधान अनुसार व्यवसायीको पक्षमा भूमिका निर्वाह गर्ने धारणा राखे ।
कार्यक्रमको सञ्चालन महासचिव कुशल खतिवडाले गरेका थिए ।
Discussion about this post