झापा, १३ साउन । सर्वोच्च अदालतले पूर्वमन्त्री गोविन्दराज जोशीलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ ।
आइतबार सर्वोच्च अदालतका न्यायाधीशद्वय विनोद शर्मा र बालकृष्ण ढकालको इजलासले जोशीलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गर्दै ९ महिना कैद र ६९ लाख १५ हजार जरिवानाको सजाय सुनाएको हो ।
जोशीलाई भ्रष्टाचारको आरोपमा दोषी ठहर गरेपनि सर्वोच्चले बिगो र कैद सजाय घटाएको छ ।
यसअघि विशेष अदालतले उनलाई गैरकानूनी रुपमा सम्पत्तिआर्जन गरी भ्रष्टाचार गरेको ठहरसहित डेढ वर्ष कैद र २ करोड १६ लाख १४ हजार ३७६ रुपैयाँ जरिवाना हुने फैसला गरेको थियो ।
पूर्वमन्त्री जोशीसँगैको मुद्दामा ताराराज पाण्डे र बासुदेव पन्तले सफाइ पाएको सर्वोच्च अदालतका सूचना अधिकारी गोविन्दप्रसाद घिमिरेले बताए ।




Discussion about this post