झापा, १२ साउन । नेकपा एमाले र नेपाली कांग्रेसबीच कोशी सरकारको मन्त्रालय बाँडफाँडको भागबण्डा मिलेको छ ।
शनिबार काठमाडौंमा दुई दलका नेताहरुबीच भएको बैठकले ८ वटा मन्त्रालय मध्ये ४–४ वटा बाँडफाँड गर्ने सहमति गरेको हो ।
नेकपा एमाले कोशी प्रदेशका प्रमुख सचेतक रेवतीरमण भण्डारीका अनुसार कोशी मन्त्रिपरिषदमा एमालेका मुख्यमन्त्रीसहित ५ र कांग्रेसका ४ जना मन्त्री रहनेछन् ।
सोमबार सरकार विस्तार गर्ने सहमति भएको उनले बताए । ‘सबै विषयमा छलफल भएको छ’, उनले भने, ‘कांग्रेस सोमबार सरकारमा सहभागी हुनेछ ।’
कोशी प्रदेश सरकारमा माओवादी केन्द्रले सरकार छाडेपछि मुख्यमन्त्री कार्कीले भौतिक पूर्वाधार, स्वास्थ्य, पर्यटन वन तथा वातावरण उद्योग, कृषि तथा सहकारी मन्त्रालय र सामाजिक विकास मन्त्रालय मध्ये एउटा मन्त्रालय कांग्रेसलाई दिने तयारी गरेका छन् ।
शुक्रबार मुख्यमन्त्रीलाई दिएको समर्थन कायम नै राखेर माओवादी केन्द्रले सरकार छाडेपछि कांग्रेस र एमालेले भाग बण्डाको सहमति गरेका हुन् ।
Discussion about this post