मेचीनगर, १६ साउन । विश्व वातावरण प्रदुषणकाे मारमा परिरहेका बेला भविष्यमा पानीकाे संकट आउन सक्ने खतरालाई ध्यानमा राखेर काँकरभिट्टा खानेपानी तथा सरसफाइ संस्थाले आफ्नो क्षेत्रमा का स्थानहरूमा पानीकाे जाेहाे गर्न थालेकाे छ ।
मेचीनगरमा पानीकाे संकट आउन नदिन विभिन्न स्थानमा पानीको ओभरहेड ट्याङ्की धमाधम थपिरहेकाे छ ।
काँकरभिट्टा खानेपानी सहलगानी आयोजना अन्तरगत आज मेचीनगर-६ स्थित शान्ति- रमाइलो गाउँमा थप ओभरहेड ट्याङ्की थपेकाे हाे ।
मेचीनगर नगरपालिकाका मेयर गाेपालचन्द्र बुढाथोकी, उपमेयर मीना पाेखरेल उप्रेती, संस्थाका अध्यक्ष बुढाथोकी लगायतले २२५ घन लिटरकाे ओभरहेड ट्याङ्कीकाे शिलान्यास गरेका छन् ।
काँकरभिट्टा खानेपानी तथा सरसफाइ संस्थाका अध्यक्ष राेहितकुमार बुढाथोकीले आगामी ३० महिनाभित्र उक्त निर्माण कार्य सम्पन्न गर्ने गरि ठेक्का दिएकाे जानकारी दिए ।
उक्त ट्याङ्की निर्माणका लागि स्थानीय लेखनाथ भट्टराईका स्व. बुबा दुर्गाप्रसाद र स्व.आमा चित्रमाया भट्टराईले तथा हेमन्त सुवेदीका स्व. बुबा शान्तिराम र स्व. आमा बृन्दादेवि सुवेदीले अढाई/ अढाई कठ्ठा जग्गा उपलब्ध गराएका थिए ।
१० कराेड ४८ लाख १९ हजार बढि रकममा सह लगानीमा मेचीनगर-८ काे सिर्जना चाेकका ४ लाख ५० हजार घनलिटरकाे ओभरहेड ट्याङ्की, मेचीनगर-६ काे शान्ति-रमाइलाेको ओभरहेड ट्याङ्की, मेचीनगर-४ काे बाहुनडाँगीकाे सभा हल, ४ वटा डिपबाेरिङ, काँकरभिट्टा खानेपानी कार्यालयकाे प्रवेशद्वार गेट र कम्पाउण्ड वाल बनाउन लागिएको अध्यक्ष बुढाथोकीले बताए ।
शिलान्यास कार्यक्रममा प्रमुख अतिथि मेयर बुढाथोकीले अझै पनि मेचीनगर क्षेत्रमा खाेलाकाे पानी खानु पर्ने अवस्था रहेकाे बताए ।
काँकरभिट्टा खानेपानीसँगै धुलाबारी, चारआली र बाहुनडाँगी खानेपानी कार्यालयले पनि भविष्यमा पानीको संट नहाेस् भनेर पानीको जाेहाे गरिरहेका छन् ।
काँकरभिट्टा खानेपानी कार्यालयका प्रमुख दीपक पाेखरेलले ५ वटा ट्याङ्कीबाट ६० देखि ६५ लाख लिटर पानी उपभोक्तालाई वितरण गरिरहेकाे बताए । उनका अनुसार साढे १३ लाख पानी ट्याङ्कीमा रिजर्व रहेकाे छ ।
संस्थाका अध्यक्ष बुढाथोकीकाे अध्यक्षतामा सम्पन्न कार्यक्रमकाे स्वागत उपाध्यक्ष गाेविन्द गिरी र सञ्चालन सचिव विशाल तामाङले गरेका थिए ।
भिडियो पनि हेर्नू हाेला ।
Discussion about this post