भद्रपुर, १६ साउन । प्रादेशिक अस्पताल भद्रपुरको प्रशासनिक भवनको तेस्रो तलामा स्वास्थ्य बीमा शाखाका कर्मचारी सुरज शर्मा आज मृत भेटिएका छन् ।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार मृत भेटिएका कर्मचारी भद्रपुर–१० निवासी २४ वर्षीय सुरज शर्मा हुन् । उनी अस्पतालको स्वास्थ्य बीमा शाखामा करारका कर्मचारी थिए ।
बुधवार विहान सरसफाइ कर्मचारीले शर्मालाई कोठामा मृत देखेपछि प्रहरीलाई खबर गरिएको थियो ।
उनले स्वमृत्युवरणको बाटो रोजेको हुनसक्ने प्रहरीको प्रारम्भिक भनाई छ । प्रहरीका अनुसार राति १० बजेतिर उक्त कोठामा शर्मा एक्लै प्रवेश गरेको सीसी क्यामेरामा देखिएको बताइएको छ । प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको छ ।
Discussion about this post