मेचीनगर, १६ साउन । इलाका प्रहरी कार्यालय काँकरभिट्टाको हिरासतमा रहेका एक जना थुनुवाको काँकरभिट्टाको हिरासतमा रहेका एक जना थुनुवाको मृत्यु भएको छ ।
काँकरभिट्टाको हिरासतमा रहेका थुनुवा मेचीनगर–७ का २८ वर्षीय झकबहादुर खड्काको मृत्यु भएको हो ।
प्रहरीले लागूऔषध अभियोगमा थुनामा रहेका खड्का बुधवार विहानको राति १ बजेतिर अचानक विरामी भएपछि लगतै उपचारका लागि मेची आम्दा अस्पताल धुलाबारी लगेको बताएको छ ।
अस्पतालले विहानको राति २ वजे खड्कालाई मृत घोषणा गरेको प्रहरीको भनाई छ ।
Discussion about this post