झापा, १७ साउन । बाहुनडाँगीका १२ वर्षीय अश्विन भारती नेपालकै चर्चीत रियालिटी शो द भ्याइस अफ किड्स सिजन–३ को टप–२४ मा पुगेका छन् ।
बाहुनडाँगी घर भई हाल बिर्तामोडको निदि सेकेन्डरी स्कुल कक्षा–७ मा अध्ययनरत भारती भोटिङ राउण्डको टप २४ मा पुग्न सफल भएका हुन् ।
एकबर्ष अघिदेखि बिर्तामोडको सरगम संगीतालयमा संगीत सिक्दै आएका भारती पढाईमा समेत अब्बल छन् । सुमधुर स्वरका धनि भारतीले अभिभावक, शिक्षक लगायत साथि भाइहरुको मन जित्दै गायन यात्रालाई सशक्तरुपमा अगाडी बढाइरहेका छन् ।
भारती बन्धु एकता समाज नेपालले भोटिङ राउण्डमा पुगेका उनलाई भोट गरिदिन सबैलाई आग्रह गरेको छ । उनी विजेता बने झापाकै गौरव बढ्ने भएकाले पनि सम्पूर्ण झापाबासीसहित दशनामी बन्धुहरुलाई भोट गरिदिन समाजका केन्द्रीय अध्यक्ष उमेश भारतीले अनुरोध गरेका छन् ।
उनका दाजु अनुज भारतीले समेत लाइफ राउण्डमा पुगेका भाइलाई भोटिङ समयभित्र खल्ति एप्स प्रयोग गरि भोट गरेर विजेता बनाइदिन परिवारको तर्फबाट सबैमा अपील गरे ।
भारती बन्धु, दशनामी समाज, नेपालीहरुका लागि प्रतिभाशाली गायक बन्न सक्ने सम्भावना बोकेका उनी हालै प्याब्सन झापाले आयोजना गरेको कार्यक्रममा जूनियर गायनतर्फ झापा प्रथम भइसकेका छन् ।
हिमालय टेलेभिजनबाट शुक्रबार र शनिबार साँझ ८ बजेबाट प्रशारण भइरहेको रियालिटी सो द भ्वाइस अफ किड्स नेपालको सिजन–३ मा प्रशारण हुने गरेको छ ।
Discussion about this post