९ कार्तिक २०८२, आईतवार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

मेचीनगरमा ६ दलले फेरि बुझाए ज्ञापनपत्र

साउन १८, २०८१, २:३१ .शुक्रबार
0
0
0
SHARES
18
VIEWS
Share on FacebookShare on Twitter

मेचीनगर, १८ साउन । नेपाली कांग्रेससहितका ६ दलले मेचीनगर नगरपालिकाको कार्य सम्पादनप्रति असन्तुष्टि जनाउँदै ज्ञापन पत्र बुझाएका छन् ।

आज नगरपालिकामा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीका प्रमुखहरूले ज्ञापन पत्र बुझाएका हुन् ।

२१ बुँदे ज्ञापन पत्रमा नगरले हचुवाको भरमा निर्णय गर्ने र जनदबाव आएपछि फिर्ता हुने गरेको उल्लेख छ ।

मापदण्ड विपरीत खोला उत्खनन् गर्दा अनाहकमा ज्यान गुमाएका शिक्षक धनराज भण्डारी र परिवारप्रति नगर संवेदनशील हुन नसकेको साथै सोको लागि सर्वदलीय छानविन समिति गठन गरी दोषीलाई कडा कारवाही गर्न माग गरिएको छ ।

यसैगरी, मेचीनगरको एक रेडियोमार्फत मेचीनगर-४ का वडाध्यक्ष अर्जुनकुमार कार्कीले भ्रष्टाचारको विषयमा नगर माथि नै गम्भीर आरोप लगाउँदा समेत मौन रहेको, छलफल नगरी नगरमा गौरवका योजना ल्याउने गरेको, नगर अस्पताल, भ्यू-टावर, बहुजातीय संग्राहलय, ल्याण्डफिल्ड साइड चाडाे सञ्चालनमा ल्याउनु पर्ने ज्ञापन पत्रमा छ ।

शिक्षालय तथा बजारको प्रभावकारी अनुगमन हुन नसकेको, खाद्य प्रयोगशाला स्थापनामा ढिलाइ, कर्मचारीमाथि हातपातकाे घटनाले असुरक्षा बढाएको, छानविन समितिबाट विभिन्न घटना सम्बन्धमा भएका प्रतिवेदन सार्वजनिक नगरेको आरोप छ ।

विगत केही समयदेखि नगरबाट भएका गलत कार्यहरुले नगरवासीहरु जोखिममा परिरहेको उल्लेख छ ।

नगर नेतृत्वको हैकमबादी प्रवृत्ति हावी हुँदै गएको बताउँदै विगतमा राजनीतिक दलका तर्फबाट भएका खबरदारीको बेवास्ता गरिएकोमा दलहरूले आक्रोश पाेखेका छन् ।

विज्ञप्तिमा बाहुनडाँगीको हात्ती समस्या, सामुदायिक विद्यालय तथा क्याम्पसका समस्या, कृषिमा अनुदानका विषय उठान गरिएको छ ।

कानुन विपरीत कर्मचारी नियुक्त रोक्न आग्रह गर्दै नगरका सार्वजनिक जग्गाको संरक्षण गर्नुपर्ने, वडा नम्बर १४ मा रहेको होल्डिङ सेन्टरलाई कृषि केन्द्रमा विकास गरिनुपर्ने, सुकुम्बासी समस्याको समाधान गर्नु पर्ने ज्ञापन पत्रमा उल्लेख छ ।

नगरले आ. व. २०८१/८२ मा ल्याएको बजेट कार्यकर्तामुखी, एकाङ्की रुपमा गठन गरिएका समितिहरुप्रति आपत्ति गरिएको छ ।

यस्तै, घातक रोगीको उपचार, मेची आम्दा अस्पताललाई व्यवस्थित बनाई नगरवासीको सेवामा गम्भीर बन्न आग्रह गरिएको छ ।

यसअघि समेत पटक-पटक विज्ञप्ति बुझाउने गरिएको जनाउँदै विज्ञप्तिको फेरि पनि बेवास्ता गरिए कडा आन्दोलन गर्ने चेतावनी दिएकाे छ ।

यता, ज्ञापन पत्र बुझ्दै मेयर गोपालचन्द्र बुढाथोकीले कतिपय कानूनी उल्झनका कारण कामहरु गर्न अपठेराे परिरहेकाे बताए ।

उनले राजनीतिक दलका तर्फबाट भएका खबरदारीबाट नगरको ध्यानकर्षण भएको बताउँदै उठान गरिएका मुद्दामाथि गम्भीर बन्ने बताए ।

ज्ञापन पत्रमा ६ दलका क्षेत्र तथा नगरका प्रमुखहरुले हस्ताक्षर गरेका छन् ।

नेकपा माओवादी केन्द्रका नगर इन्चार्ज माधव अर्यालले सहजीकरण गरेको कार्यक्रममा नेपाली कांग्रेस क्षेत्रीय सभापति इन्द्रबहादुर बुढाथोकीले २१ बुँदे ज्ञापन पत्र पढेर सुनाएका थिए ।

पछिल्लो समाचार

मेचीनगरका भारती द भ्याइस अफ किड्सको टप–२४ मा

अघिल्लो समाचार

बार्षिक ३ अर्व बढिको छुर्पी विदेश निर्यात

Related Posts

छठ पर्वकाे धमाधम तयारी
banner -2

छठ पर्वकाे धमाधम तयारी

कार्तिक ९, २०८२, ७:०८ .आइतवार
झापा महिला गाेल्डकप : पक्कीको स्थायी प्यारापिट निर्माण
banner -2

झापा महिला गाेल्डकप : पक्कीको स्थायी प्यारापिट निर्माण

कार्तिक ८, २०८२, ३:०१ .शनिबार
ध्रुबे हात्तीको आक्रमणबाट सैनिकको मृत्यु
banner -1

मेचीनगरमा हात्तीकाे आक्रमणबाट बालक घाइते

कार्तिक ८, २०८२, २:४२ .शनिबार
निर्णय सच्याउन एमाले मेचीनगरकाे माग
banner

निर्णय सच्याउन एमाले मेचीनगरकाे माग

कार्तिक ८, २०८२, ६:३५ .शनिबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.