मेचीनगर, १ भदाै । काेशी प्रदेशकी सांसद सबिना बजगाईकाे सहयाेगमा मेचीनगरका ६० जना महिलाहरूलाई दुई महिना नि:शुल्क व्युटीसियन तालिमकाे व्यवस्था गरिदिएकी छन् ।
राप्रपा काेशी प्रदेश संसदीय दलकी प्रमुख सचेतक समेत रहेकी सांसद बजगाईले आज धुलाबारीमा ६० जना महिलाहरूलाई उक्त तालिमकाे व्यवस्थापन गरिदिएकी थिइन् ।
एश्वर्या महिला तथा कृषि उद्यमशिल संस्था मेचीनगर-१३ काे आयोजनामा उक्त तालिम आजदेखि सुरू भएको हाे ।
फुर्सद र वाेराेजगार रहेका महिला दिदी-वहिनीहरूलाई सीप सिकेर आत्मनिर्भर बनाउने उदेश्यले उक्त तालिमकाे आयोजना गरिएको सांसद बजगाईले जानकारी दिइन् ।
´प्रदेश सरकारकाे कुनै बजेटमा हाेइन`, प्रमुख अतिथि सांसद बजगाईले भनिन्-´मेराे नितान्त व्यक्तिगत सहयाेगमा तालिम दिएकाे हाे । एकजना महिलालाई बाहिर व्युटीसियन तालिम सिक्न २०/२५ हजार लाग्छ । यसै क्षेत्रकाे सांसदकाे भएकोले यहाँका महिलाहरूलाई लगानी गरेकाे छु ।`
उक्त तालिम कार्यक्रमकाे सह आयोजक साेप इन्टरनेशनल फेमेली सैलुनमा भइरहेकाे छ । सहभागीलाई प्रशिक्षक सन्ताेष भट्टराईले तालिम दिनेछन् ।
कार्यक्रममा सांसद बजगाई, प्रशिक्षक भट्टराई लगायतले शुभकामना व्यक्त गरेका थिए ।
एश्वर्या महिला तथा कृषि उद्यमशिल संस्थाकि अध्यक्ष इन्दिरा रिजालकाे अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रमकाे सञ्चालन सचिव मनिता दाहालगिरीले गरेकी थिइन् ।
Discussion about this post