मेचीनगर, ४ भदाै । मेची चेम्बर अफ कमर्सलाई पनि स्थानीय तहका गतिविधिमा सहभागिता जनाइदिन नगरपालिकालाई माग गरेकाे छ ।
आज कमर्सका अध्यक्ष रविन वस्नेतकाे नेतृत्वमा मेचीनगर नगरपालिका गएकाे टाेलीले मेयर गाेपालचन्द्र बुढाथोकीलाई विभिन्न मागसहित ध्यानाकर्षण पत्र बुझाएका हुन् ।
स्थानीय तहकाे राजश्व परामर्श, बजार अनुगमन, उद्योगी-व्यवसायीसँगकाे गाेष्ठी, छलफल र विभिन्न समितिमा प्रतिनिधित्व गराउन नगरपालिकालाई आग्रह गरिएको अध्यक्ष वस्नेतले बताए ।
प्रधानमन्त्री तथा मन्त्रीपरिसद्काे कार्यालय सिंहदरवार काठमाडौंकाे २०७७ असाेज १५ गतेकाे पत्रले नेपाल चेम्बर अफ कमर्स अन्तरगत गठित स्थानीय चेम्बरहरूलाई पनि स्थानीय तहका विभिन्न छलफलमा सहभागी गराउन परिपत्र गरिएको थियाे ।
मेयर बुढाथोकी, प्रमुख प्रशासकीय अधिकृत अग्निप्रसाद अधिकारीले पत्र बुझ्दै ध्यानाकर्षण भएको बताएका छन् ।
नगरपालिकालाई पटक-पटक ध्यानाकर्षण गराउँदा समेत बेवास्ता गरेकाेले आज फेरि पत्र बुझाएको कमर्सका महासचिव प्रकाश खड्काले बताए ।
Discussion about this post