झापा, ५ भदौ । अर्जुनधारामा कटुवा पेस्तोलसहित एक जना व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।
मंगलबार बेलुका ८ बजे अर्जुनधारा नगरपालिका–४ स्थित दहिझोडा बस्ने ६२ वर्षीय इन्द्रबहादुर आङदेम्वेलाई प्रहरीले कटुवा पेस्तोलसहित पक्राउ गरेको हो ।
इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको टोलीले आङदेम्वेको घर परिसरमा तलासी गर्दा कुखुराको खोरको छानो भित्र लुकाएर राखेको अवस्थामा एक थान कटुवा पेस्तोल बरामद गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता एवम् डीएसपी कृष्णबहादुर चन्दले जानकारी दिए ।
कटुवा पेस्तोल फेला परेपछि आङदेम्वेलाई नियन्त्रणमा लिइएको थियो । उनलाई इप्रका अनारमनीमा राखेर थप अनुसन्धान भइरहेको छ ।
Discussion about this post