मेचीनगर, ५ भदाै । विदेश अध्ययन गर्न जाने विद्यार्थीका लागि धुलाबारीमा अर्काे कल्सनटेन्सी पनि थपिएको छ ।
आजदेखि धुलाबारीमा ब्रिज इन्टरनेशनलकाे शाखा विस्तार भएको हाे ।
यसअघि धुलाबारीमा नेक्सेस र बिर्तामोड एजुकेशनल कल्सनटेन्सी स्थापना भइसकेकाे छ ।
तेस्राे कल्सनटेन्सीका रूपमा ब्रिज इन्टरनेशनल शाखाकाे बुधवार मेचीनगर नगरपालिका मेयर गाेपालचन्द्र बुढाथोकीले विधिवत उद्घाटन गरेका थिए ।
मेयर बुढाथोकीले उच्च शिक्षा हासिल गर्न विदेश जानू राम्राे र अवसर पनि रहेकाे बताए । उनका अनुसार नेपालमा जनशक्तिकाे अभावमा राम्राे शिक्षा आर्जनका लागि विद्यार्थीहरू विदेश पलायन भइरहेको दावी छ ।
विदेश गएपिन फर्केर नेपालमा केही गर्न सकिए विदेश गएको प्रतिफल हुने उनकाे बुझाइ छ । परम्परागत कृषि र शिक्षा भन्दा आधुनिक र प्राविधिक शिक्षा आर्जन गरेर नेपालमा नै उत्पादन गर्न उनकाे जाेड छ ।
ब्रिज इन्टरनेशनलका प्रमुख भुवन गिरीले उच्च शिक्षा हासिल गर्न विदेश पठाएरपछि नेपालमा केही गर्न सक्ने बनाउने उदेश्य रहेकाे जानकारी दिए । नेपालका विभिन्न ठाउँमा ९ वर्षदेखि ९ वटा ठाउँमा शाखा रहेकाे ब्रिजकाे ४० वटा देशसँग समन्वय रहेकाे गिरीले बताए ।
आजदेखि धुलाबारीमा सञ्चालनमा आएको शाखामा ५० देखि ६० जना विद्यार्थीले विभिन्न विधामा अध्ययन गर्दैछन् ।शाखाले आयल्स कक्षा, बारिष्टा, फाेटाेग्राफि, निलडेविट हेयर सेलुन लगायतमा २५ प्रतिशत छुट दिएकाे सञ्चालक नवराज भट्टराईले बताए ।
कार्यक्रममा प्रमुख अतिथि मेयर बुढाथोकी, ब्रिज इन्टरनेशनलका प्रमुख गिरी, सञ्चालक टीका मैनाली लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
ब्रिज इन्टरनेशनल धुलाबारी शाखा प्रमुख नितेश खतिवडाकाे सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियाे ।
भिडियो पनि हेर्नू हाेला ।
Discussion about this post