मेचीनगर, २२ भदौ । मेचीनगर नगरपालिका र नेपाल बैंक लिमिटेड काँकरभिट्टा शाखाबीच बिना धितोमा कर्जा प्रवाह गर्ने सम्झौता भएको छ ।
बैकको तर्फबाट काँकरभिट्टा शाखा प्रमुख गोविन्दप्रसाद सुवेदी र मेचीनगर नगरपालिकाको तर्फबाट प्रमुख प्रशासकीय अधिकृत अग्निप्रसाद अधिकारीबीच बिना धितोमा कर्जा प्रवाह गर्ने सम्झौता भएको हो ।
सम्झौतामा नगरपालिकाका तर्फबाट प्रमुख प्रशासकीय अधिकृत अधिकारी, साक्षीको रुपमा आर्थिक प्रशासन शाखा प्रमुख पदमबहादुर कार्की तथा बैकको तर्फबाट शाखा प्रमुख सुवेदी र साक्षीको रुपमा सहायक प्रबन्धक श्रद्धा साहले हस्ताक्षर गरेका थिए ।
शुक्रबार सम्पन्न द्विपक्षीय समझदारी पत्र अनुसार नगरपालिका स्थायी कर्मचारीलाई सहज तरिकाबाट बिना धितोमा १५ लाख रुपैयाँ सम्मको कर्जा प्रदान गरिने सहमति भएको प्रमुख प्रशासकीय अधिकृत अधिकारीले बताए ।
मेचीनगरका कर्मचारीहरूले व्यक्तिगत आवश्यकताहरु पूरा गर्नका लागि बिना धितोमा सहुलियतपूर्ण बैंकिङ सुविधा लिन सहज हुने नेपाल बैंक काँकरभिट्टा शाखा प्रमुख सुवेदीको दावी छ ।
Discussion about this post