५ श्रावण २०८२, आईतवार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

पूर्वीद्वारको साधारण सभा

समूदायमा मन जितेर काम गर्नु पर्छ : नेफ्स्कून सञ्चालक ढकाल

भदौ २२, २०८१, ७:१४ .शनिबार
0
0
0
SHARES
135
VIEWS
Share on FacebookShare on Twitter

धुलाबारी, २२ भदौ । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कून) का सञ्चालक समितिका सदस्य शालिकराम ढकालले सहकारीले समूदायमा मन जितेर काम गर्नु पर्ने बताएका छन् ।

आज धुलाबारी स्थित मेची उद्योग बाणिज्य संघको सभा हलमा सम्पन्न पूर्वीद्वार बचत तथा ऋण सहकारी संस्थाको १८ औँ माईन्यूट प्रमाणित बार्षिक साधारण सभामा प्रमुख अतिथि ढकालले यस्तो बताएका हुन् ।

इटहरीको किसान कल्याण बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष समेत रहेका ढकालले समूदायको भरपर्दो वित्तीय, शुसासनयुक्त र मजवुत सहकारीले देशको अर्थतन्त्रमा धेरै योगदान गरेको दावी गरे ।

उनका अनुसार देशभरि ७४ लाख शेयर सदस्य रहेको सहकारीले वर्षेनी अर्व भन्दा बढी राज्यलाई कर तिरिरहेको छ ।

‘एकदुई वटा सहकारी खराव भए भन्दैमा सबै सहकारी खराव छैनन्’ ढकालले भने–‘ऋण खाएपछि तिर्नु पर्दैन भन्ने फटाहाहरु हुन् । भ्रमको पछि नलाग्नु । सहकारीका सञ्चालकहरु सिसाको महलभित्र बस्नु जस्तै हो । सकारात्मक भन्दा बढी नकारात्मक प्रचार सामाजिक सञ्जालमा आइरहेकोले त्यता ध्यान नदिन आग्रह गर्दछु ।’

कार्यक्रममा राष्ट्रिय सहकारी बैँकका मेचीनगर शाखाका प्रतिनिधि कमल खनाल, मेचीनगर बचत तथा ऋण सहकारी संस्थाकी सञ्चालक समिति सदस्य पुष्पा भण्डारी लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

सोही अवसरमा संस्थाले नियमित बचततर्फ भुकुटीका उत्कृष्ट शेयर सदस्य नितेश माँझी, ज्यामिरगढीका रञ्जिता पाहन, धाइजनकी यमुना चौधरी र ज्यामिरगढीका महम्मद वाहिद, नियमित ऋणतर्फ धुलाबारीकी उत्कृष्ट शेयर सदस्य जानुकादेवी ठकुरी र ज्यामिरगढीकी विमलाकुमारी मगर, ज्येष्ठ नागरिकतर्फ खुट्टीडाँगीका उत्कृष्ट शेयर सदस्य तेजबहादुर रेग्मी र काँकरभिट्टाकी सरस्वती राई, उद्यमी तथा व्यवसायीतर्फ धुलाबारीका उत्कृष्ट शेयर सदस्य लिला खनाल र हरिप्रसाद नेपाल, संरक्षित पुँजी फिर्ता कोष वितरणतर्फ धुलाबारीकी देविका कार्की कट्टेललाई नगद एक हजारसहित सम्मान गरेको छ ।

त्यस्तै संस्थाले उत्कृष्ट कर्मचारीतर्फ ईटाभट्टा सेवा कार्यालयकी कनिष्ठ सहायक द्वितीय विमला भट्टराईलाई पनि सम्मान गरेको छ ।

२०६३ असार ७ गते स्थापना भई ३३ जना शेयर सदस्यबाट प्रति सदस्य रु.१०० शेयर पुँजी संकलन गरी सुरु भएको  संस्थामा हाल ५ हजार ७७७ जना सदस्य छन् ।

३ करोड १३ लाख ३ हजार शेयर पुँजी रहेको संस्थामा १९ करोड ८९ लाख ३० हजार २४६ रुपैयाँ बचत तथा निक्षेप, २० करोड २ लाख ८८ हजार ८७२ ऋण लगानी, २ करोड ८९ लाख ९४ हजार १९८ रुपैयाँ खर्च, २७ करोड ५७ लाख ३१ ह्जार ६२२ रुपैयाँ कुल सम्पत्ति र कुल आम्दानी ३ करोड ५ लाख ९२ हजार ९२१ र खुद सञ्चालन बचत अर्थात मुनाफा १५ लाख ९८ हजार ७२३ रुपैयाँ रहेको छ ।

यसअघि संस्थाको मेचीनगर स्थित धाइजन, ज्यामिरगढी, ईटाभट्टा, खुट्टीडाँगी, भृकुटी र काँकरभिट्टा सेवा कार्यालयहरुको ईकाइ साधारण सभा सम्पन्न भइसकेको छ ।

पूर्वीद्वार बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष वीपी भट्टराईको अध्यक्षता र अध्यक्षको प्रतिवेदन, लेखा परीक्षण प्रतिवेदन लेखा संयोजक गोपालबहादुर राउतले प्रस्तुत गरे । कार्यक्रमको स्वागत उपाध्यक्ष मणिराम खतिवडाले गरेका थिए ।

उद्घाटन सत्रको सञ्चालन संस्थाका व्यवस्थापक प्रल्हाद खड्काले र बन्दसत्रको सञ्चालन सञ्चालक समिति सदस्य चेतन विष्टले गरेका थिए ।

 

 

पछिल्लो समाचार

नगरपालिका र नेपाल बैंकबीच बिना धितो कर्जा दिने सम्झौता

अघिल्लो समाचार

ओमानको अस्पतालमा अचेत रहेकी आमा भेट्न उडे सञ्जय

Related Posts

पत्रकार काजीलाई ‘मार्सेली उपभोक्ता सेचतना पुरस्कार’
banner

पत्रकार काजीलाई ‘मार्सेली उपभोक्ता सेचतना पुरस्कार’

साउन ५, २०८२, १२:३३ .आइतवार
राप्रपा मेचीनगर अध्यक्षमा चन्द्र निरौला सर्वसम्मत
banner -2

राप्रपा मेचीनगर अध्यक्षमा चन्द्र निरौला सर्वसम्मत

साउन ४, २०८२, ६:२८ .शनिबार
पार्टीभित्र विचार नमिल्नेहरु बाटो तताउँदा हुन्छ : अध्यक्ष लिङ्देन
banner -1

पार्टीभित्र विचार नमिल्नेहरु बाटो तताउँदा हुन्छ : अध्यक्ष लिङ्देन

साउन ४, २०८२, ५:२९ .शनिबार
औषधि गोदाममा छापामार्दा ठुलो मात्रामा लागूऔषध भेटियो
box -2

औषधि गोदाममा छापामार्दा ठुलो मात्रामा लागूऔषध भेटियो

साउन ३, २०८२, ५:४२ .शुक्रबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.