६ जेष्ठ २०८२, सोमबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

कटहरीमा कृषि एक्स्पो शुरु : मेचीनगरको अर्गानिक अचार, धुपबात्ति, झोलाको स्टल

भदौ २७, २०८१, ७:२९ .बिहिबार
0
0
0
SHARES
55
VIEWS
Share on FacebookShare on Twitter

विराटनगर, २७ भदौ । मोरङको कटहरी स्थित कृषि थोक बजारमा आजदेखि कृषि एक्स्पो शुरु भएको छ ।

विराटनगरको कटहरी स्थित तिनपैनी सिंघिया खोला पारी कृषि थोक बजारमा आजदेखि भदौ ३० गतेसम्म नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशले कृषि एक्स्पो सुरु गरेको हो ।

कृषि एक्स्पोको कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्की र संघीय सरकारका कृषि तथा पशुपन्क्षी विकास मन्त्री रामनाथ अधिकारीले उद्घाटन गरे ।

मुख्यमन्त्री कार्कीले कोशी प्रदेशलाई कृषि हवको रुपमा विकास गर्न कार्ययोजनाअघि बढाएको बताए । उनका अनुसार लगानीको सुनिश्चिता, कृषि उत्पादन, यान्त्रीकरण र कृषि आधुनिकीकरणले यस्ता एक्स्पोले महत्वपूर्ण भूमिका खेल्ने छ ।

सरकारले किसानका लागि बैंक ब्याजमा अनुदान, यान्त्रीकरणमा सहयोग र कृषि उद्योग सञ्चालनमा सहयोग गरिरहेको उनको भनाई छ ।

कार्यक्रममा संघीय सरकारका कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले कृषिमा निजी क्षेत्रको उचित लगानी हुन नसक्दा आधुनिक ढंगको कृषि प्रणालीको विकास हुन नसकेको दावी गरे । सातवटै प्रदेश र सबै स्थानीय तहमा लगानी क्षेत्र पहिचान गरी बजेट पठाउने काम भएको उनले बताए ।

नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउतले किसान र उद्यमीलाई एकढिकका भएर कृषिमा क्रान्ति ल्याउने उदेश्यदे एक्सपो आयोजना गरिएको जानकारी गराएका थिए ।

नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष हेमराज ढकालले हरेक वर्ष कृषिजन्य र खाद्यान्न वस्तुको आयात बढिरहेकोले यस्मा किसान र उद्यमीले अब सोच्नु पर्ने बेला आएको बताए ।

कार्यक्रममा कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्की, नेपाल उद्योग वाणिज्य महासंघकी उपाध्यक्ष ज्योत्सना श्रेष्ठ लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

कृषि एक्स्पोमा नेपाल र भारतका एकसय ३० वटा स्टल प्रदर्शनीमा राखिएको छ । झापाको अर्गानिक अचार, पाँचथरको काँकरा र किबीको जुस, जुम्लाको मार्सी चामल, विभिन्न प्रकारको दाल र स्याउ, लगायतका कृषि सामग्रीहरु स्टलमा विक्रीका लागि राखिएको छ ।

त्यस्तै स्टलमा अनुसन्धान तथा शैक्षिक संस्था, मलखाद तथा किटनाषक, औजार तथा यन्त्र, कृषि उपज, पशुपंक्षी, विउविजन, व्यवसायिक प्रविधि लगायतका वस्तुहरु पनि प्रदर्शनीमा छ ।

यसैगरी अन्य आकर्षणहरुमा व्यापारका अवसरहरु, माटो तथा बाली परीक्षण, नेपाली तथा भारतीय पेभिलियन, नयाँ नयाँ अनुसन्धानको प्रदर्शनीहरु रहेका छन् । नेपाल र भारतका १५ जना कृषि विज्ञहरूले कृषि उत्पादनका विषयमा किसान र उद्यमीसँग संवाद र छलफल गरिरहेका छन् ।

कृषि एक्स्पोमा मेचीनगरमा उत्पादित अर्गानिक वस्तुहरुमा अचार, धुपबात्ति, झोला लगायतका सामग्री रहेको मेची उद्योग बाणिज्य संघका कार्यकारी अधिकृत गोपाल वस्नेतले जानकारी दिए ।

कृषि एक्स्पोमा संघका तर्फबाट अध्यक्ष खेमराज प्रसाई, पूर्व अध्यक्ष ऋषिराज तिम्सिना, पूर्व महासचिव ध्रुब कनाल, महिला उपाध्यक्ष निर्मला चौहान भण्डारी, कार्यकारी अधिकृत वस्नेत, नेपाल भेनियर संघका केन्द्रीय सचिव सञ्जिव वर्मन तथा कोशी प्रदेशकी सांसद सविना बजगाई, मेचीनगर–४ का वडाध्यक्ष अर्जुनकुमार कार्की, बिर्तामोडका व्यवसायी विनोद वस्नेत लगायतको सहभागिता रहेको थियो ।

पछिल्लो समाचार

किसानले बेच्न ल्याएको काँचो केरामा उच्च मात्रामा विषादी

अघिल्लो समाचार

काेशी प्रदेशमा सहभागी भयाे कांग्रेस

Related Posts

वडाले बाढ्यो किसानलाई कृषि औजार
banner -1

वडाले बाढ्यो किसानलाई कृषि औजार

जेष्ठ ६, २०८२, ७:२७ .सोमवार
मेचीनगरमा धमाधम बाढिदैँ ‘सहिद वीरेन छात्रवृति’ रकम
banner

मेचीनगरमा धमाधम बाढिदैँ ‘सहिद वीरेन छात्रवृति’ रकम

जेष्ठ ६, २०८२, ६:३६ .सोमवार
लैङ्गीक हिंसा अन्त्य गर्न समुदायसँग जोडिदै मेचीनगर
banner -2

लैङ्गीक हिंसा अन्त्य गर्न समुदायसँग जोडिदै मेचीनगर

जेष्ठ ५, २०८२, ७:१६ .आइतवार
शर्माले सगरमाथा बेसक्याम्पमा मन्त्रीहरु बोलाएर गरे छलफल
banner -1

शर्माले सगरमाथा बेसक्याम्पमा मन्त्रीहरु बोलाएर गरे छलफल

जेष्ठ ४, २०८२, ५:३९ .शनिबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.