१७ माघ २०८२, शनिबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

मिति नभएका र म्याद ग्रुजिएका खाद्य वस्तुहरु बरामद

भदौ ३१, २०८१, ३:५३ .सोमवार
0
0
0
SHARES
74
VIEWS
Share on FacebookShare on Twitter

मेचीनगर, ३१ भदौ । आज मेचीनगरमा नगरपालिकासहित जिल्लाका सरकारी कार्यालयको टोलीले बजार अनुगमन गर्दा धेरैजसो भारतबाट ल्याइएका उत्पादन मिति नभएका र म्याद ग्रुजिएका खाद्य वस्तुहरु बरामद गरेको छ ।

सोमबार मेचीनगर नगरपालिकाको अगुवाईमा जिल्ला प्रशासन कार्यालय, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, मेची उद्योग बाणिज्य संघ, उपभोक्ता जागरण अभियान नेपाल, नेपाल प्रहरी, नगर प्रहरी र सञ्चारकर्मीहरुको टोलीले मेचीनगर–१० स्थित धुलाबारी बजारको ५ वटा पसलमा अनुगमन गर्दा त्यस्तो भेटिएको हो ।

टोलीले धुलाबारीको विजय किराना पसलबाट भारतबाट ल्याइएको उपभोग्य मिति ग्रुजिएको, खान अयोग्य सानो सिसाको बोतलमा राखिएको रसदाना १० बोतल, कर्न फ्ल्यास, इटहरी स्थित वृहस्पति प्रोडक्सन प्रालिको कोशी रेड सस् ८ बोतल लगायतका वस्तुहरु बरामद गरेको थियो ।

श्यामसुन्दर किराना पसलबाट उत्पादन र म्याद पनि नभएको विस्कुट र थुक्पाका पाकेटहरु बरामद गरिएको थियो । आदर्श किराना पसलबाट म्याद ग्रुजिएको खान अयोग्य सर्वोतम प्रिमियर लिटो चारसय ग्रामका ४ पेकेट बरामद गरिएको थियो ।

यस्तै पूजा किराना पसलबाट नवलपरासीमा उत्पादन गरिएको म्याद ग्रुजिएको अढाई लिटरको पेप्सी ५ बोतल, भारतबाट ल्याइएको मिति नभएका गरम मसला, पेडा, थुक्पा, चकलेट, नेपालमा उत्पादन भएको रमपमको चिजवल लगायतका वस्तुहरु बरामद गरिएको छ ।

यसैगरी पौडेल किराना पसलबाट भारतको लिभर केयर प्रालिको आधा केजीका ७ पेकेट हर्लिक्स लगायतका वस्तु बरामद गरिएको थियो । उक्त पसलले उत्पादन मिति नभएका र म्याद ग्रुजिएका खाद्य वस्तुहरु विगतदेखि नै आफैले थुपारेर बोरामा राखेर सम्बन्धीत ठाउँमा पठाईदिने वा नष्ट गर्ने गरेको पाइएको छ ।

टोलीका प्रमुख एवम् मेचीनगर नगरपालिकाका खाद्य विश्लेषक दिपेन्द्र कार्कीले अनुगमन गरिएका पाँच वटै पसलबाट उत्पादन मिति नभएका, पसलमा मूल्य सूची नराखिएको, साइन बोर्ड नभएको, म्याद ग्रुजिएका खाद्य वस्तुहरु बरामद गरिएको बताए । पसलका सञ्चालकहरुलाई ७ दिनभित्र कार्यालयमा आउन जानकारी गराईएको छ ।

स्थानीय उपभोक्ताका अनुसार बजार अनुगमन चाँडबाडका बेला मात्र होइन प्रत्येक महिना वा दुई महिनामा गर्न आग्रह गरेका थिए ।

भारतबाट आउने अखाद्य वस्तु भित्रिन नदिन नाकामा कडाई गर्नु पर्छ त्यसो हुँदा मात्र व्यापारीहरु सचेत हुने छन् भने उपभोक्ताले पनि उत्पादन मिति कहिलेको हो र म्याद छ कि छैन हेरेर मात्र सामान खरिद गर्न टोलीले अनुरोध गरेको छ ।

टोलीमा नगरपालिकाका खाद्य विश्लेषक दिपेन्द्र कार्की, जिल्ला प्रशासन कार्यालय झापाका नायव सुब्बा भिमबहादुर तामाङ, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयकी खाद्य निरीक्षक संगीता साह, वडा नम्बर १० का वडाध्यक्ष नारायण खनाल, वडा सदस्यहरु सोम ओझा, विशाल कार्की, मेची उद्योग बाणिज्य संघका सदस्य राजेश वंशल, उपभोक्ता जागरण अभियान नेपाल झापा सदस्य अर्जुन कार्की, नेपाल प्रहरी, नगर प्रहरी र सञ्चारकर्मीहरु रहेका थिए ।

पछिल्लो समाचार

एमाले मेचीनगरमा छानिए वडा कमिटी अध्यक्षहरु

अघिल्लो समाचार

म्याद भएको चामलको पिठो र ज्वानोमा किरा भेटियो

Related Posts

प्रशासनले रोक्यो रास्वपाको घरदैलो कार्यक्रम
banner -1

प्रशासनले रोक्यो रास्वपाको घरदैलो कार्यक्रम

माघ १७, २०८२, ९:१७ .शनिबार
‘आचारसंहिता पालना नगरे उम्मेदवार विरुद्ध उजुरी परे कारवाही हुन्छ’
banner

‘आचारसंहिता पालना नगरे उम्मेदवार विरुद्ध उजुरी परे कारवाही हुन्छ’

माघ १७, २०८२, ९:०२ .शनिबार
रैथाने परिकारकाे स्वाद लिन नन्दा करिडाेरमा धाउँदै सर्वसाधारण
banner

रैथाने परिकारकाे स्वाद लिन नन्दा करिडाेरमा धाउँदै सर्वसाधारण

माघ १५, २०८२, ४:४६ .बिहिबार
गाउँमा बालविवाह राेक्ने उपाय सिकाउँदै महिला जनचेतना केन्द्र 
banner -1

गाउँमा बालविवाह राेक्ने उपाय सिकाउँदै महिला जनचेतना केन्द्र 

माघ १४, २०८२, ४:२८ .बुधबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.