१७ माघ २०८२, शनिबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

म्याद भएको चामलको पिठो र ज्वानोमा किरा भेटियो

अशोज १, २०८१, १:५२ .मङ्लबार
0
0
0
SHARES
157
VIEWS
Share on FacebookShare on Twitter

मेचीनगर, १ असोज । आज पनि मेचीनगरमा नगरपालिकासहित जिल्लाका सरकारी कार्यालयको टोलीले बजार अनुगमन गरेको छ ।

मंगलबार मेचीनगर नगरपालिकाको अगुवाईमा जिल्ला प्रशासन कार्यालय, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, मेची उद्योग बाणिज्य संघ, उपभोक्ता जागरण अभियान नेपाल, नेपाल प्रहरी, नगर प्रहरी र सञ्चारकर्मीहरुको टोलीले मेचीनगर–६ स्थित काँकरभिट्टा बजारको ६ वटा पसलमा अनुगमन गरिएको हो ।

आज अनुगमन गर्दा धेरैजसो पसलमा उत्पादन, मिति नभएका र म्याद ग्रुजिएका खाद्य वस्तुहरु भेटिएको छ । ती वस्तुहरु बरामद गरिएको छ ।

म्याद भएको चामलको पिठोमा किरा, ज्वानोमा किरा, म्याद ग्रुजिएका जंगफुड, इलामको चिया, ग्रिन टि, जौँ, फापरको पिठो, सुजी, दालमोड, पुष्टकारी, सब्जी मसला, पापड, स्प्राइट, कोक, रियल जुस, लगायतका अखाद्य वस्तु बरामद गरिएको छ ।

टोलीले काँकरभिट्टाको भट्टराई भेराइटीज र किराना पसलबाट लेवलमा उत्पादन मिति नखुलेको पापड बरामद गरेको छ ।

नेपाल किराना पसलबाट म्याद ग्रुजिएको स्प्राइट, कोक, रियल जुस, सब्जी मसला, म्याद भए पनि पेकिङ गरिएको चामलको पिठोमा किरा फेला परेकोले जफत गरेको छ ।

केके एम स्टोरबाट भद्रपुर नगरपालिका–८ स्थित केआरएस भेन्चुयरर्सको आइसपपको बट्टाको जुस मिठाईमा उत्पादन मिति नलेखिएको पाइएको छ । पसलवालालाई कम्पनीलाई सचेत गराउन आग्रह गरिएको छ ।

यस्तै घिमिरे किराना पसलबाट म्याद ग्रुजिएको ५ लिटरको खानेतेल, खुल्ला बोरामा राखिएको ज्वानोमा किरा भेटिएको थियो । पसलका सञ्चालक हेमबहादुर घिमिरेले मान्छेले खाने ज्वानो होइन गाईलाई खुवाउने ज्वानो भएको दावी गरे ।

एनएमसी सहकारी पसलबाट लेवल र उत्पादन मिति नभएको सोडा र फर्सीकाे वियाकाे पेकेट फेला परेको थियो । टोलीले पसलका कर्मचारीलाई सचेत गराएको छ ।

टोलीले शुसिला भेराइटी स्टोरबाट म्याद ग्रुजिएको बिर्तामोडको जौँको पिठो, फापरको पिठो, सुजी, दालमोड, कर्न फ्याक्स, पुष्टकारी लगायतका अखाद्य वस्तुहरु बरामद गरेको छ ।

यसैगरी, डिसी मल्टी स्टोरबाट म्याद ग्रुजिएको चारसय ग्रामको २ बट्टा इलामको चिया, एकसय ग्रामको एक बट्टा ग्रीन टी बरामद गरेको छ ।

टोलीका प्रमुख एवम् मेचीनगर नगरपालिकाका खाद्य विश्लेषक दिपेन्द्र कार्कीले काँकरभिट्टा बजारमा अनुगमन गरिएका ६ वटा पसलमध्ये शुसिला भेराइटी स्टोर र नेपाल किराना पसललाई ७ दिनभित्र नगरपालिका कार्यालय आउन अनुरोध गरेको बताए ।

यस्तै टोलीले भट्टराई भेराइटीज पसललाई खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय चन्द्रगढी आउन अनुरोध गरेको छ ।

टोलीमा नगरपालिकाका खाद्य विश्लेषक दिपेन्द्र कार्की, जिल्ला प्रशासन कार्यालय झापाका नायव सुब्बा भिमबहादुर तामाङ, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयकी खाद्य निरीक्षक संगीता साह, मेचीनगर–६ का वडा सदस्य भविन्द्र सुब्बा, मेची उद्योग बाणिज्य संघका सदस्य विनोद बानियाँ, उपभोक्ता जागरण अभियान नेपाल झापा सदस्य अर्जुन कार्की, नेपाल प्रहरी, नगर प्रहरी र सञ्चारकर्मीहरुको सहभागिता रहेको थियो ।

पछिल्लो समाचार

मिति नभएका र म्याद ग्रुजिएका खाद्य वस्तुहरु बरामद

अघिल्लो समाचार

लागूऔषद न्युनिकरण गर्न एक्सनमा जान्छु : इन्स्पेक्टर राजवंशी

Related Posts

रैथाने परिकारकाे स्वाद लिन नन्दा करिडाेरमा धाउँदै सर्वसाधारण
banner

रैथाने परिकारकाे स्वाद लिन नन्दा करिडाेरमा धाउँदै सर्वसाधारण

माघ १५, २०८२, ४:४६ .बिहिबार
गाउँमा बालविवाह राेक्ने उपाय सिकाउँदै महिला जनचेतना केन्द्र 
banner -1

गाउँमा बालविवाह राेक्ने उपाय सिकाउँदै महिला जनचेतना केन्द्र 

माघ १४, २०८२, ४:२८ .बुधबार
वालविवाह सम्बन्धि अभिभावकसँग कानुनी छलफल
banner -1

वालविवाह सम्बन्धि अभिभावकसँग कानुनी छलफल

माघ १३, २०८२, ३:५८ .मङ्लबार
जेनजी आन्दोलनमा हराएका हतियारबाट चुनावमा कुनै घट्ना हुन दिदैनाैं : एसपी खड्का
banner

जेनजी आन्दोलनमा हराएका हतियारबाट चुनावमा कुनै घट्ना हुन दिदैनाैं : एसपी खड्का

माघ १३, २०८२, १:२२ .मङ्लबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.