६ जेष्ठ २०८२, सोमबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

लागूऔषद न्युनिकरण गर्न एक्सनमा जान्छु : इन्स्पेक्टर राजवंशी

अशोज १, २०८१, १०:३५ .मङ्लबार
0
0
0
SHARES
130
VIEWS
Share on FacebookShare on Twitter

धुलाबारी, १ असोज । भर्खरै इलाका प्रहरी कार्यालय धुलाबारीको कमाण्ड समाल्न आएका प्रहरी निरीक्षक (इन्स्पेक्टर) पाण्डवकुमार राजवंशीले लागूऔषद न्युनिकरणका लागि एक्सनमा जाने बताएका छन् ।

पत्रकारहरुसँगको भेटघाट कार्यक्रममा इन्स्पेक्टर राजबंशीले धुलाबारी लगायत देशका विभिन्न नाकामा लागूऔषदको ओसारपसार, कारोवार र प्रयोगको अवस्था भयावह रहेकोले यसको न्युनिकरण गर्न सबैको साथ र सहयोग आवश्यक पर्ने बताएका हुन् ।

धुलाबारी मोडदेखि एक किलोमिटर दक्षिण ‘छोटा पाकिस्तान’ को रुपमा परिचित क्षेत्रमा लागूऔषदको ओसारपसार, कारोवार र प्रयोग हुने गरेको प्रहरीको भनाई छ ।

भारतबाट प्रतिबन्धित लागूऔषदका सामान उक्त ठाउँमा ल्याउने गरिएको छ । सामानलाई साना–साना पेकेटमा प्याकेजिङ गरेर त्यहि बिक्री वितरण हुने गरेको प्रहरीको अनुमान छ ।

‘छोटा पाकिस्तान’ मा हुने लागूऔषदको अवैध धन्दालाई भत्काउने कोशिस गरिने इन्स्पेक्टर राजबंशीले बताए ।

‘यसअघि मोरङमा बस्दा लागूऔषदकै काण्डमा पक्राउ गर्न बाध्यताबस गोली चलाउनु परेको थियो’, राजवंशीले भने–‘यहाँ पनि त्यस्तो भेटिए, एक्सनमा जाँदा गोली चलाउने परिस्थिति आउन सक्छ । त्यस्तो बेलामा पछि हट्न सकिदैन । तर, स्थानीयको साथ चाहिँन्छ ।’

उनले भने ‘प्रहरीको मात्र एकल प्रयास त्यो सम्भव हुँदैन । पत्रकार–प्रहरीको सम्बन्ध नङ र मासुको जस्तो हुनु पर्छ । स्थानीयको सहयोग उति नै आवश्यक छ । जस्ले गर्दा लागूऔषद, अवैध धन्दा रोक्न, महिला तथा बालबालिका, घरेलु हिंसा लगायतका घटनामा एक्सन प्लानमा जान सकिन्छ ।’

कार्यालयको गत ३ वर्षको तथ्याङ्क हेर्दा पनि लागूऔषद, जवरजस्ती करणी, अपराधिक घटना, आत्महत्या, ज्यान मुद्दा लगायतका घटना धेरै भएका पाइएको छ । त्यस्मा प्रहरी केहि हदसम्म सफल भएको छ ।

कार्यालयको तथ्याङ्क अनुसार २०७८÷७९ सालमा लागूऔषदमा ३९ जना पक्राउ, ७९ ग्राम १० मिलिग्राम खैरो हिरोइन, ५ सय केजी ४१ ग्राम गाँजा तथा ११ बोतल ३० चक्की औषधिजन्य वस्तु बरामद भएको थियो ।

२०७९÷८० सालमा लागूऔषदमा २३ जना पक्राउ, ११२ ग्राम ८३० मिलिग्राम खैरो हिरोइन, ४० केजी आठसय ग्राम गाँजा तथा ११ बोतल २७४ चक्की औषधिजन्य वस्तु बरामद भएको थियो ।

यस्तै, २०८०÷८१ सालमा लागूऔषदमा २६ जना पक्राउ, १९७ ग्राम १८० मिलिग्राम खैरो हिरोइन, १४ केजी ग्राम गाँजा बरामद भएको प्रहरीको भनाई छ ।

प्रहरीका अनुसार २०७८÷७९ मा आत्महत्याका घटना ५२, २०७९÷८० मा ३१ र २०८०÷८१ मा ३२ रहेको छ ।
यस्तै २०७८÷७९ मा जवरजस्ती करणीका मुद्दा १२, २०७९÷८० मा ९ र २०८०÷८१ मा १५ वटा मुद्दा दर्ता भएको प्रहरीको तथ्याङ्कमा छ ।

पछिल्लो समाचार

म्याद भएको चामलको पिठो र ज्वानोमा किरा भेटियो

अघिल्लो समाचार

लक्की डिपार्टमेन्टबाट उत्पादन मिति नभएका खाद्यवस्तुहरु बरामद

Related Posts

वडाले बाढ्यो किसानलाई कृषि औजार
banner -1

वडाले बाढ्यो किसानलाई कृषि औजार

जेष्ठ ६, २०८२, ७:२७ .सोमवार
मेचीनगरमा धमाधम बाढिदैँ ‘सहिद वीरेन छात्रवृति’ रकम
banner

मेचीनगरमा धमाधम बाढिदैँ ‘सहिद वीरेन छात्रवृति’ रकम

जेष्ठ ६, २०८२, ६:३६ .सोमवार
लैङ्गीक हिंसा अन्त्य गर्न समुदायसँग जोडिदै मेचीनगर
banner -2

लैङ्गीक हिंसा अन्त्य गर्न समुदायसँग जोडिदै मेचीनगर

जेष्ठ ५, २०८२, ७:१६ .आइतवार
शर्माले सगरमाथा बेसक्याम्पमा मन्त्रीहरु बोलाएर गरे छलफल
banner -1

शर्माले सगरमाथा बेसक्याम्पमा मन्त्रीहरु बोलाएर गरे छलफल

जेष्ठ ४, २०८२, ५:३९ .शनिबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.