८ जेष्ठ २०८२, बुधबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

मन्त्री दाहालद्वारा मदन भण्डारी राजमार्गको अवलोकन (भिडियोसहित)

अशोज १३, २०८१, ११:३५ .आइतवार
0
0
0
SHARES
31
VIEWS
Share on FacebookShare on Twitter

।। अर्जुन कार्की ।।

मेचीनगर, १३ असोज । संघीय सरकारका भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द दाहालले मेचीनगर नगरपालिका–१ स्थित गाडागल्लीमा निर्माणधिन मदन भण्डारी राजमार्गको प्रत्यक्ष निरीक्षण गरेका छन् ।

शनिबार वडा नम्बर १ को कार्यालयको सभाहलमा आयोजित कार्यक्रममा मन्त्री दाहाललाई स्थानीय सरकारले मेचीनगरका मेची कोरिडोर, सडक, हात्ती, राहत, सुरक्षा, पुल, रेलवेको मुआव्जा लगायतका विषयमा ज्ञापनपत्र बुझाएका थिए । उक्त ज्ञापन पत्र मन्त्री दाहाललाई मेचीनगर नगरपालिकाकी उपमेयर मीना पोखरेल (उप्रेती)ले बुझाएकी हुन् ।

ज्ञापनपत्र बुझ्दै मन्त्री दाहालले यसपटकको बजेटमा समावेश गर्न सकिएन ढिलो भयो, आगामी बजेटमा क्रमागतरुपमा समावेश गरेर लाने प्रतिबद्वता व्यक्त गरेका थिए । उनले देशभरिका १४ हजार किलोमिटर सडक मध्ये साढे ४ हजार किलोमिटर सडक निर्माणधिन अवस्थामा रहेका बताए ।

देशका चार वटा बाटाहरु पूर्वपश्चिम राजमार्ग, लोकमार्ग, मध्ये पहाडी राजमार्ग र मदन भण्डारी राजमार्गको काम तिब्रगतिमा भइरहेको मन्त्री दाहाले बताए । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय मार्फत रहेका यातायात विभाग, सडक विभाग, रेलवे विभाग र पानी जहाज कार्यालयले आ–आफ्नो क्षेत्रमा काम गरिरहेको बताइएको छ ।

मन्त्रीका अनुसार रेलवेमार्फत छिमेकी देशहरु चिन, भुटान, बंगलादेश र भारतसँग जोडिएर विकासको काम गर्न करिव १५ खर्व रुपैयाँ लगानी गर्नु पर्ने आवश्यकता देखिएको छ ।

‘रेलवेका लागि रोक्का गरिएका जनताका जग्गाहरुको मुआव्जा दिन प्रयास भइरहेको छ’, मन्त्री दाहालले भने–‘मुआव्जा दिनु पर्यो कि जग्गा फिर्ता गर्नु पर्छ । त्यसका लागि अब चाँडै निर्णयमा पुग्ने छौँ ।’

रेलवे जग्गाका पीडितहरुका लागि मुआव्जा दिन भनेर केन्द्रबाट जिल्ला प्रसाशन कार्यालय झापामा ८८ करोड रुपैयाँ आएको बताइएको छ । मन्त्री दाहालका अनुसार १२ सय किलोमिटर निर्माणधिन मदन भण्डारी राजमार्गको ८०÷८२ प्रतिशत काम सम्पन्न भइसकेको छ ।

नेकपा एमाले र नेपाली कांग्रेसको गठबन्धन सरकार आएपछि जनतामा आशा पलाएको मन्त्री दाहालको भनाई छ । उनले सरकार ढाल्ने र बनाउने खेलमा मात्र लागेको तेस्रो दललाई पाँखा लगाएर देशमा स्थायी सरकारको परिकल्पना गरिएको दावी गरे ।

मेचीनगर–१ का वडाध्यक्ष रामबहादुर राईले सञ्चालन गरेको कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्य रविन कोइराला, केन्द्रीय सदस्य एवम् मेचीनगरकी उपमेयर उप्रेती लगायतले नगरका समस्या र समाधानका बारेमा उठान गरेका थिए ।

कार्यक्रममा नेकपा एमालेका नेताहरु विष्णु प्रसाई, हरिचरण बानियाँ, श्रीप्रसाद मैनाली, चिन्तन पाठक, जिल्ला अध्यक्ष प्रेम गिरी, कोशी प्रदेश सदस्य देवकुमार राई, जिल्ला सदस्य राजु पोखरेल, कृष्ण कनाल, सञ्जु ढुंगेल, नगर अध्यक्ष राजु कार्की, कोशी प्रदेशका सांसद गोपाल तामाङ, नेपाली कांग्रेसका कोशी प्रदेश सदस्य विमल आचार्य लगायत एमालेका नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।

भिडियो पनि हेर्नुहोला ।

भिडियो हेर्नुहोला ।

पछिल्लो समाचार

नेपाल जेसीजको क्षेत्र ‘क’ सम्मेलन सम्पन्न

अघिल्लो समाचार

कोशीमा बाढीको वितण्डा : १७ जनाको ज्यान गयो

Related Posts

दुवै आगलागी घटनामा नगरप्रमुखद्वारा दुःख व्यक्त
banner

दुवै आगलागी घटनामा नगरप्रमुखद्वारा दुःख व्यक्त

जेष्ठ ७, २०८२, ७:२६ .मङ्लबार
वडाले बाढ्यो किसानलाई कृषि औजार
banner -1

वडाले बाढ्यो किसानलाई कृषि औजार

जेष्ठ ६, २०८२, ७:२७ .सोमवार
मेचीनगरमा धमाधम बाढिदैँ ‘सहिद वीरेन छात्रवृति’ रकम
box -2

मेचीनगरमा धमाधम बाढिदैँ ‘सहिद वीरेन छात्रवृति’ रकम

जेष्ठ ६, २०८२, ६:३६ .सोमवार
लैङ्गीक हिंसा अन्त्य गर्न समुदायसँग जोडिदै मेचीनगर
banner -2

लैङ्गीक हिंसा अन्त्य गर्न समुदायसँग जोडिदै मेचीनगर

जेष्ठ ५, २०८२, ७:१६ .आइतवार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.