२८ चैत्र २०८२, शनिबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

कोशीमा बाढीको वितण्डा : १७ जनाको ज्यान गयो

अशोज १३, २०८१, १:४९ .आइतवार
0
0
0
SHARES
26
VIEWS
Share on FacebookShare on Twitter

झापा, १३ असोज । चार दिनदेखि निरन्तर परेको वर्षाका कारण कोशी प्रदेशमा बाढी, पहिरो, डुबान तथा प्राकृतिक विपद्का घटनामा परी १७ जनाको ज्यान गएको छ ।

उक्त घटनामा परी देशभरि ज्यान गुमाउनेको संख्या १३२ पुगेको छ ।

गृह मन्त्रालयका अनुसार हालसम्म काठमाडौं उपत्यकामा ६८ जना, बागम्ती प्रदेशमा ४५ जना, कोशी प्रदेशमा १७ जना र मधेश प्रदेशमा २ जनाको मृत्यु भएको छ ।

यस्तै, विपद्का घटनामा परी ६४ जना बेपत्ता र ६१ जना घाइते भएका छन् । सुरक्षाकर्मीको सक्रियताका कारण हालसम्म देशभरबाट ३ हजार ६२६ जनाको सकुशल उद्दार गरिएको मन्त्रालयको भनाई छ । विपद्का कारण राजमार्ग अवरुद्ध रहेका सडक सुचारु गर्न सबै संयन्त्रहरु परिचालन गरिएको गृह मन्त्रालयले जनाएको छ ।

यसैबीच नेकपा एमाले कोशी प्रदेशका इन्चार्ज एवम् स्थायी कमिटी सदस्य शेरधन राई र कोशी प्रदेश अध्यक्ष घनश्याम खतिवडाले आज एक विज्ञप्ति जारी गरेर बाढी, पहिरो र डुबानले मानविय र धनजनको क्षतिप्रति चिन्ता व्यक्त गरेका छन् । मानविय क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै मृतकहरुप्रति भावपूर्ण श्रद्वाञ्जली अर्पण र परिवारजनप्रति समवेदना व्यक्त गरेका छन् ।

विज्ञप्तिमा मृतकका परिवारजनलाई उद्वार, राहत, घाइतेको उपचार र पुनस्र्थापना गराउन स्थानीय, प्रदेश र संघीय सरकारलाई ध्यानाकर्षण गराउने उल्लेख छ ।

विपद्को बेलामा उद्वार, राहत तथा पुनस्र्थापना कार्यमा उच्च सर्तकतासाथ सक्रियपूर्वक जुट्न कोशी प्रदेशका सबै जिल्ला कमिटी, नेता–कार्यकर्ता र पार्टी पंक्तिलाई आव्हान गरेको छ । त्यस्तै उद्वार, राहत तथा पुनस्र्थापना कार्यमा जुट्न तीन तहकै सरकार, राजनीतिक दल, संघ–संस्था, नीजि क्षेत्र र आम नागरिकहरुलाई अपिल गरिएको छ ।

केशी प्रदेशमा मानविय क्षतिको विवरण अनुसार पाँचथरमा ९ जना, इलाममा १ जना, धनकुटामा २ जना र सोलुखुम्बुमा ५ जना गरी १७ जनाको ज्यान गएको छ । त्यस्तै वेपत्ता र घाइते हुनेमा पाँचथरमा ४ जना र झापामा ३ जना गरी ७ जना वेपत्ता तथा विभिन्न जिल्लामा दर्जनौँ घाइते भएका छन् ।

उदयपुरको रौता र खोटाङको खोटेहाङ जोड्ने सुनकोशी नदीमा रहेको फोक्सिङटार पक्की पुल, पाँचथरको फिदिम हेवा खोलाको बेलिब्रिज, इलाम माइखोलाको पक्की पुल पुरै बगाउनुको साथै भोजपुर र उदयपुर जोड्ने चूहार पक्की पुल, इलाममा ३ वटा पक्की पुलमा गम्भीर क्षति पुगेको छ ।

यसैगरी, खोटाङ–उदयपुर जोड्ने धाप्लाङ्गाट झोलेङ्गे पुल, भोजपुर चूहारको झोलेङ्गे पुल, जोगेपाथरको झोलेङ्गे पुल, खोटाङको ४ वटा झोलेङ्गे पुल, ओखलढुंगाको २ वटा झोलेङ्गे पुलमा समेत क्षति भएको छ भने साना–ठुला सडकहरु भत्किएका कारण आवत जावतमा समस्या भएको छ ।

पछिल्लो समाचार

मन्त्री दाहालद्वारा मदन भण्डारी राजमार्गको अवलोकन (भिडियोसहित)

अघिल्लो समाचार

झापाको ६ ठाउँमा ‘यात्रु सहायता कक्ष’

Related Posts

उपसभामुखमा २५ वर्षीया रुबी निर्वाचित
box -1

उपसभामुखमा २५ वर्षीया रुबी निर्वाचित

चैत्र २७, २०८२, २:४८ .शुक्रबार
कक्षा १२ को परीक्षा भदौ ३० देखि
banner

मेचीनगरमा २४४७ विद्यार्थी मध्ये १७३७ जना कक्षा-९ पढ्न याेग्य

चैत्र २७, २०८२, १०:१९ .शुक्रबार
फेरि बढ्यो पेट्रोल र एलपी ग्यासको मूल्य
banner -2

फेरि बढ्याे : पेट्रोल २१९, डिजल-मट्टीतेल २०७ र हाफ ग्यास १००५

चैत्र २६, २०८२, ११:४९ .बिहिबार
निर्णय नसच्याए पत्रकार सडकमा उत्रिने चेतावनी
banner -1

निर्णय नसच्याए पत्रकार सडकमा उत्रिने चेतावनी

चैत्र २६, २०८२, १०:५३ .बिहिबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.