मेचीनगर, १ कात्तिक । यस पटकको बडा दशैँसहित असोज महिनामा सवारी साधान दुर्घटनामा ११ जनाले ज्यान गुमाएका छन् ।
जिल्ला ट्राफिक प्रहरीका अनुसार यही असोज महिनामा सवारी साधान दुर्घटनामा ९ जना पुरुष र २ जना महिलासहित ११ जनाको ज्यान गएको हो ।
जिल्ला ट्राफिक प्रहरीका प्रहरी नायव निरीक्षक (सई) पुर्ण गौतमले असोज महिनामा १८० वटा सवारी साधान दुर्घटना हुँदा ११ जनाको मृत्यु, १२ जना गम्भिर घाइते र १९२ जना सामान्य घाइते भएको जानकारी दिए ।
यसपालीको दशैँको घटस्थापनादेखि कोजाग्रत पूर्णिमासम्ममा ७ जनाले ज्यान गुमाएको सई गौतमले बताए । जस्मा ६ महिला र १ जना पुरुष रहेको उनको भनाई छ ।
२०८१ साउनदेखि असोजसम्मको ३ महिनामा २७ जनाले ज्यान गुमाएको उनको भनाई छ । साउनमा १० जना, भदौमा ६ जना र असोज महिनामा ११ जनाले ज्यान गुमाएको कार्यालयले जनाएको छ ।
कार्यालयका अनुसार गत वर्ष ८७ जनाले ज्यान गुमाएका छन् । गतवर्ष ८७ जनामध्ये पुरुष ७१ जना, महिला १० जना र ६ जना बालबालिकाले ज्यान गुमाएको गौतमले बताए ।
Discussion about this post