मेचीनगर, १३ कार्तिक । काँकरभिट्टाका युवा व्यवसायी एवम् समाजसेवी बसन्त तिवारी (बुद्व) काे आज निधन भएको छ ।
मेचीनगर-६, पुरानाे भन्सार निवासी ५९ वर्षीय तिवारीकाे आज विहान १० वजेतिर विराटनगर स्थित नाेवेल अस्पतालमा उपचारका क्रममा निधन भएको हाे ।
मृगाैला पीडित उनलाई एक हप्तादेखि विरामले चापेकाे थियाे । हिजाे उपचारका लागि नाेवेल अस्पताल लगिएको थियाे ।
यसअघि प्रेसर बढेर विरामी परेका थिए । मृगाैला समेत खराव भएपछि भारत र नेपालका विभिन्न अस्पतालमा उपचार गराइरहेका थिए ।
नेपाल यातायात मजदुर संघका केन्द्रीय सल्लाहकार समेत रहेका तिवारी काँकरभिट्टाका पुराना बासिन्दा, अंकिता ट्रेडर्सका सञ्चालक र यातायात व्यवसायी हुन् । उनी विभिन्न सामाजिक संघ-संस्थामा समेत आवद्व थिए ।
उनका बुबा हरिहर तिवारीकाे यसअघि निधन भइसकेकाे छ । घरमा उनका आमा, बहिनी, श्रीमती र छाेरी छन् ।
परिवारका अनुसार उनकाे पार्थिव शरिरकाे अन्त्यष्टि भाेलि गरिने बताइएकाे छ । अहिले विराटनगरबाट घर ल्याउदै गरेकाे परिवारले जानकारी दिएका छन् ।




Discussion about this post