मेचीनगर, २२ कात्तिक । मेचीनगर-१० स्थित निन्दा खाेलामा अहिले साँझ अस्ताउँदो सूर्यलाई अर्घ दिएर छठ पर्व मनाइएकाे छ ।
शुक्रबार विहान उदाउँदो सूर्यलाई अर्घ चढाएर यश पटककाे टठ पर्व विधिवत रूपमा सम्पन्न हुनेछ ।
रातभर नदी वा कुनै पोखरीको छेउमा रातभर जाग्राम बसेर छठ्ठी माताको उपासना गरिन्छ ।
भाेलि विहानै उदाउँदो सूर्यलाई अर्घ दिएपछि छठ पर्व सम्पन्न हुने परम्परा छ ।
छठको व्रत बस्दा चोखोनिधो, संयम र ब्रह्मचर्य धर्मको पालना गरिएन भने छठ पूजाको फल नपाइने जनविश्वास छ ।
छठ पर्वको व्रतलाई कठिन व्रतको रुपमा पनि लिइन्छ ।
छठमा विशेष गरी प्रकृतिको छैटौँ अंशबाट उत्पन्न भएकी भगवती देवी छठी माईको पूजा गरिन्छ ।
आज सार्वजनिक बिदा पनि हो । झापाकाे मेची खाेला, धुलाबारीकाे निन्दा खाेला, कनकाईकाे विरिङ खाेला, भद्रपुरकाे मेची खाेला लगायतमा छठ पर्व धुमधामसँग मनाइने गरिएकाे छ ।
कार्तिक शुक्ल चतुर्थीबाट सुरु भएको छठ पर्वको आज तेस्रो दिन छठ अर्थात् षष्ठी हो ।
विशेषगरी नेपालको तराई क्षेत्रका मधेसी समुदायले मनाउने छठ पर्व अचेल पहाडियाहरूले पनि भब्य रुपमा मनाउन थालेका छन् ।
Discussion about this post