

काँकरभिट्टा, २३ कात्तिक । नेपाली कांग्रेस निकट तरुण दल र नेविसंघका युवाहरुको नेतृत्वमा आज मेचीनगरदेखि महेन्द्रनगर सम्मकाे ´युवा संकल्प यात्रा` सुरू भएको छ ।
आज दिउँसो काँकरभिट्टा स्थित हनुमान मन्दिर परिसरमा आयोजित युवा संकल्प यात्राका संयाेजक, तरूण दलका पूर्व महामन्त्री एवम् नेविसंघका पूर्व उपाध्यक्ष भुपेन्द्र जंग शाहीले देशकाे जल्दाे वल्दाे १० बुँदे समस्यालाई मुद्दाकाे रूपमा उठाएर १० दिने अभियान लिएर हिडेकाे बताए ।
भष्टाचार उन्मुलन, सहकारी ठगि, सहकारी पीडितलाई राहत र बचत फिर्ता, राेजगारी, उद्यमशीलता, महंगी, युवाकाे अर्थपूर्ण प्रतिनिधि, नागरिक मैत्रीपूर्ण सरकार, नैतिक मूल्य मान्यता, सहजरूपका जीवनयापन लगायतका १० बुँदे मागसहित १४ ठाउँमा काेणसभा गरेर आगामी मंसिर ४ गते महेन्द्रनगरमा समापन हुनेछ ।
अभियानमा सांस्कृतिक टाेलीसहित ५० जनाकाे तरूण दल र नेविसंघका युवा नेता तथा कार्यकर्ताहरूकाे सहभागिता रहेकाे छ ।
कार्यक्रममा अभियानका संयाेजक तरूण दलका पूर्व महामन्त्री शाही, केन्द्रीय सदस्य पशुपति पाेखरेल, प्रेमिका राना मगर, युवा नेता भमेन्द्र नेम्बाङ, नेपाली कांग्रेस झापाका सभापति देउमान थेवे लगायतले अभियान सफलताकाे शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा नेपाली सांस्कृतिक राष्ट्रिय टाेलीका कलाकारहरूले नित्य प्रस्तुत गरेका थिए ।
नेपाली कांग्रेस मेचीनगर सभापति सुदय पनेरूकाे अध्यक्षतामा सुरू भएको अभियानकाे स्वागत झापा क्षेत्र नम्बर १ का क्षेत्रीय सभापति इन्द्रबहादुर बुढाथोकीले र सञ्चालन सचिव मुकेश लिम्बुले गरेका थिए ।
भिडियो पनि हेर्नु होला ।




Discussion about this post