काँकरभिट्टा, २५ कात्तिक । मेचीनगरमा भर्खरै गठन भएको नयाँ संस्था रिडर्स अभियान नेपालले आगामी मंसिरको अन्तिम हप्ता ‘रिडर्स फेस्टिवल–२०८१’ आयोजना गर्ने भएको छ ।
आज रिडर्स अभियान नेपालले काँकरभिट्टामा पत्रकार सम्मेलनको आयोजना गरेर आगामी मंसिर २७, २८ र २९ गते ‘रिडर्स फेस्टिवल’ गर्ने भएको हो ।
अभियानका अध्यक्ष आचार्यले पठन संस्कृतिको विकास र प्रवर्द्धन गर्ने उद्देश्यले नेपालमा नै पहिलो पटक रिडर्स फेस्टिवल गर्न लागिएको बताए ।
पठन संस्कृतिसँग जोडिएर जति पनि संस्थाहरु जन्मिन्छन् त्यतिनै धेरै पठन संस्कृति फस्टाएर उनको भनाई छ । त्यसैले सामाजिक जागरण अभियानको खाँचो महसुस गरेर संस्था स्थापना गरिएको बताए ।
कार्यक्रममा अभियानका उपाध्यक्ष भगिरथ राईले फेस्टिवलका विषयमा जानकारी गराएका थिए ।
फेस्टिवलमा विशेष गरेर क्याम्पस, विद्यालयमा अध्ययनरत विद्यार्थी र खुलारुपमा अध्ययनप्रति रुचि राख्ने समुहलाई लक्षित गरिएको छ ।
फेस्टिवलमा चार वटा देशहरु भारत, म्यान्मार, भुटान र नेपालका विभिन्न ठाउँबाट सहभागिता रहने छ ।
कार्यक्रमको सञ्चालन अभियानका सचिव मदन अधिकारीले गरेका थिए ।
Discussion about this post