मेचीनगर, २६ कात्तिक । नवजात शिशुको शारीरिक तापक्रम उचित राख्नका लागि मेचीनगरद्वारा सञ्चालित आधारभूत नगर अस्पतालमा ‘बेबी वार्मर मेसिन’ ल्याइएको छ ।
नवजात शिशुको शारीरिक तापक्रम उचित राख्नका लागि ज्योति विकास बैंकले उक्त मेसिन नगर अस्पताललाई प्रदान गरेको हो ।
अस्पतालमा आज एक कार्यक्रमकाबीच ज्योति विकास बैंकले ‘हाम्रो विकास प्रवर्द्धन कोष’ मार्फत नगरपालिकाको प्रसुित गृहलाई राष्ट्रिय आविष्कार केन्द्रद्वारा स्वदेशमै निर्मित ८७ हजार ५ सय रुपैयाँ मूल्य पर्ने बेबी वार्मर मेसिन (न्यानो नानी) प्रदान गरेको छ ।
मेचीनगर नगरपालिकाकी उपमेयर मीना पोखरेल उप्रेतीले अस्पतालमा बेबी वार्मर मेसिन थपिएसँगै नगरभित्र र आसपासका पालिकाहरुले समेत प्रसुति सेवा लिन आउनेहरु लाभान्वित हुने बताइन् ।
ज्योति विकास बैंक धुलावारी शाखाका प्रवन्धक विवेक अधिकारीले नवजात शिशुको शारिरिक तापक्रम उचित राख्न थप मद्दत पुग्ने बताए । उनले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बैंकले ‘बेबी वार्मर मेसिन’ प्रदान गरेको स्पष्ट पारे ।
कार्यक्रममा मेचीनगर नगरपालिका स्वास्थ्य शाखा प्रमुख सविता सापकोटा, सहसंयोजक रामप्रसाद अधिकारी, नगर अस्पतालका प्रमुख डाक्टर आशिष निरौला, स्वास्थ्यकर्मी, ज्योति विकास बैंक तथा असपतालका कर्मचारी लगायतको उपस्थिति रहेको थियो ।
Discussion about this post