२५ मंसिर २०८२, बिहीबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

झापामा मंसिर आजदेखि अपाङ्गता रोकथामका लागि शिविर

कार्तिक २८, २०८१, १२:५४ .बुधबार
0
0
0
SHARES
27
VIEWS
Share on FacebookShare on Twitter

बिर्तामोड, २८ कात्तिक । अपाङ्गता रोकथाम तथा पुनस्र्थापनाका लागि झापाका पन्ध्र वटै पालिकामा आगामी मंसिरदेखि पुससम्म शिविर सञ्चालन हुने भएको छ ।

आज बिर्तामोड स्थित होटल हेवन ग्राण्डमा करुणा फाउण्डेशन नेपाल कोशी प्रदेशले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा अपाङ्गता रोकथाम तथा पुनस्र्थापनाका लागि जिल्लाका १५ वटै पालिकामा आगामी मंसिर २ गतेदेखि पुस दोस्रो हप्तासम्म शिविर सञ्चालन गरिने जानकारी गराएको हो ।

करुणा फाउण्डेशन नेपाल कोशी प्रदेशका कार्यक्रम संयोजक कमल कोइरालाले शिविरमा नवजात शिशु, १० बर्ष मुनीका बालबालिकाको परिचय–पत्र वितरण, स्वास्थ्य परीक्षण, श्रवण यन्त्र, ह्युलचियर, कृतिम हातखुट्टाको नापजाँच, विद्यालय भर्ना लगायतका सेवाहरु उपलब्ध हुने बताए ।

‘उक्त कार्ययोजना साढे तीन वर्षको हुनेछ’, कोइरालाले भने–‘१५ वटै पालिकासँग सम्झौता गरिसकिएको छ । २ वर्षसम्म लागत सहभागिता र एकवर्ष प्राविधिक सहयोग रहने छ ।’

अपाङ्गता रोकथाम तथा पुनस्र्थापनाका लागि प्रदेश सरकार, स्थानीय तह र करुणा फाउण्डेशन नेपालको त्रिपक्षीय लागत सहभागितामा उक्त कार्यक्रम हुने भएको छ ।

झापामा २०७८ को जनगणना अनुसार २३ हजार ९८८ जना अपाङ्गता भएका व्यक्तिहरुलाई यो सेवा प्रदान गरिनेछ । जसमा ९ हजार ५५९ जनाले परिचय पत्र लिइसकेका छन् ।

अहिलेको पालिकाहरुको तथ्याङ्क अनुसार जम्मा १३ हजार ३६४ जनाको लगत संकलन गरिएको छ । तत्काललाई उनीहरुलाई यो सेवा प्रदान गरिने योजना रहेको बताइएको छ ।

अर्जुनधारामा १२९०, कनकाईमा ७३८, गौरादहमा ६६३, दमकमा १०७९, बिर्तामोडमा ७८९, भद्रपुरमा ९१३, मेचीनगरमा १७४४ र शिवसताक्षी नगरपालिकामा ८०३ जना अपाङ्गता भएका व्यक्तिहरुको तथ्याङ्क संकलन गरिएको छ ।

यसैगरी कमलमा ८८९, कचनकवलमा ९०६, गौरीगञ्जमा ६३९, झापामा ५२२, बाह्दशीमा ८९९, बुद्वशान्तिमा ८७६ र हल्दिबारी गाउँपालिकामा ६१३ जना अपाङ्गता भएका व्यक्तिहरुको तथ्याङ्क संकलन गरिएको छ ।

आगामी मंसिर २ गतेदेखि ८ गतेसम्म बाह्दशी गाउँपालिकामा अपाङ्गता रोकथाम तथा पुनस्र्थापनाका लागि शिविर सञ्चालन गरिने आयोजकले जनाएको छ ।

त्यस्तै मंसिर ३ गतेदेखि १२ गतेसम्म भद्रपुर नगरपालिकामा शिविर हुनेछ । अन्य पालिकामा पनि पालिकाको तालिका अनुसार शिविर सञ्चालन हुनेछ ।

फाउण्डेशनका अनुसार नवजात शिशुको जाँचमा वृद्वि, बाल स्वास्थ्यमा सुधार, अपाङ्गता भएका व्यक्तिहरुको जीवनको गुणस्तरमा सुधार, शिक्षामा पहुँच वृद्वि, परिवारको सशक्तिकरण र जीविकोपार्जनमा सुधार, सामाजिक क्रियाकलापमा पहुँच वृद्व, क्षमता अभिवृद्विमा सहयोग, प्रशासन तथा व्यवस्थापन सुदृढीकरणमा सहयोग लगायतको कार्यक्रमको उद्देश्य रहेको छ ।

कार्यक्रमको लक्षित वर्गमा नव विवाहित दम्पती, नवजात शिशु, १० वर्ष मुनीका बालबालिका, अपाङ्गता भएका बालबालिका, वयस्क, ज्येष्ठ नागरिकहरु र उनीहरुका परिवारका सदस्य, अपाङ्गता भएका व्यक्तिहरुका संस्था र समूह लाभान्वित हुने छन् । त्यस्तै स्वास्थ्य संस्था, शैक्षिक संस्था र समुदायका अन्य समूह र व्यक्तिहरु पनि लाभान्वित हुने फाउण्डेशनको दावी छ ।

कार्यक्रम संयोजक कोइरालाले प्रदेश सरकार, स्थानीय सरकार र करुणा फाउण्डेशनको जम्मा १२ करोड बढीको बराबरी लागत साझेदारीमा उक्त सेवा प्रदान गरिने जानकारी दिए ।

कार्यक्रममा राष्ट्रिय अपाङ्गता महासंघका केन्द्रीय सदस्य दिपक बोहोरा, महासंघका कोशी प्रदेश अध्यक्ष नविन ढुंगेल, नेपाल पत्रकार महासंघ झापा शाखाका अध्यक्ष एकराज गिरीले लक्षित वर्गमा उक्त बजेट खर्च गर्नुपर्नेमा जोड दिएका थिए ।

पछिल्लो समाचार

ज्योति विकास बैंकले दियो नगर अस्पताललाई ‘बेबी वार्मर मेसिन’

अघिल्लो समाचार

यू–१९ महिला टी–२० विश्वकपमा खेल्ने

Related Posts

सूर्तीजन्य, मादक पदार्थ र लागूऔषध बिक्री वितरण रोक्न माग
banner

सूर्तीजन्य, मादक पदार्थ र लागूऔषध बिक्री वितरण रोक्न माग

मंसिर २३, २०८२, २:३६ .मङ्लबार
क्रियाशील सदस्यता विवरण छिट्टै सार्वजनिक हुन्छ : कांग्रेस प्रवक्ता शर्मा
banner -1

प्रतिनिधि सभाका लागि झापा–१ बाट शर्माको नाममात्र सिफारिस

मंसिर २३, २०८२, १:४८ .मङ्लबार
तीन पत्रकारलाई टंकप्रसाद–रमादेवी पाठक पत्रकारिता पुरस्कार
banner -2

तीन पत्रकारलाई टंकप्रसाद–रमादेवी पाठक पत्रकारिता पुरस्कार

मंसिर २३, २०८२, १:३१ .मङ्लबार
भलिबल प्रशिक्षक कुमार राई एक लाखसहित सम्मानित
banner -1

भलिबल प्रशिक्षक कुमार राई एक लाखसहित सम्मानित

मंसिर २०, २०८२, १२:२० .शनिबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.