झापा, २८ कात्तिक । नेपाल आईसिसी यू–१९ महिला क्रिकेट टोली विश्वकपमा छनोट भएको छ ।
एसियाली छनोटको अन्तिम खेलमा बुधबार यूएईलाई हराएर नेपालले पहिलो पटक विश्वकपमा स्थान छनोट भएको हो ।
नेपालले यूएईलाई नेटरन रेटमा पछाडि पार्दै विश्वकपमा स्थान बनायो । पहिला ब्याटिङ गरेको यूएईलाई ८३ रनमा सीमित गर्दै नेपालले जितको आधार बलियो बनाएको थियो ।
नेपालले विश्वकपमा छनोट हुन १६ दशमलव २ ओभरमा लक्ष्य पुरा गर्नुपर्ने थियो ।
नेपालले १५ औँ ओभरमा २ विकेट गुमाएर लक्ष्य पुरा गर्यो । नेपालले आगामी जनवरीमा मलेसियामा हुने आईसिसी यू–१९ महिला टी–२० विश्वकपमा खेल्ने छ । नेपालले ६ खेलबाट १० अंक जोड्यो । समान अंक भएको यूएई नेटरनरेटमा पछाडि पर्याे ।
नेपालका लागि साना प्रविनले सर्वाधिक ३५ रन बनाइन् । कप्तान पुजा महत्तोले २१ रन र सोनी पाख्रिनले १३ रनमा बनाइन् ।
यसअघि टस जितेर पहिला ब्याटिङ गरेको युएईले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ८३ रन बनाएको थियो ।
युएईका लागि समाइरा धर्निधर्कले सर्वाधिक ३१ रन बनाएकी थिइन् । बलिङमा नेपाली खेलाडी कृष्मा गुरुङ ४, सीमा केसी र रिया शर्माले २–२ र रचनाकुमारी चौधरीले एक विकेट लिएका थिए ।
एसिया छनोटमा ६ खेलमा ५ जित निकाल्दै नेपाल विश्वकपमा छनोट भएको छ ।
Discussion about this post