बिर्तामोड, ३० कात्तिक । निर्माणधिन बुट्टाबारी–प्याकुरेल चोक सडक खण्डको बिर्तामोड नगरपालिकाकी मेयर पवित्रा महतारा प्रसाई र उपमेयर नगेन्द्रप्रसाद संग्रौलाले आज अनुगमन तथा निरीक्षण गरेका छन् ।
शुक्रबार बिर्तामोड नगरपालिकाकी मेयर प्रसाई, उपमेयर संग्रौला, ६ नम्बर वडाका वडाध्यक्ष सूर्यप्रसाद कन्दङ्वा, नगरका वरिष्ठ योजना अधिकृत जय तिम्सिना, शहरी विकास मन्त्रालयका प्रतिनिधि र नगरपालिकाका ईन्जिनियर सहितको टोलीले अनुगमन गरेका हुन् ।
विश्व बैंकको ५८ करोड ५४ लाख ३१ हजार २१४ रुपैयाँ लगानीमा ६ दशमलव २५ किलोमिटर सडक स्तरोन्नतीको काम धमाधम भईरहेको छ । सडकको हालसम्म ३९ प्रतिशत भौतिक प्रगति भएको बताइएको छ ।
निर्माण व्यवसायी मनोज उप्रेतीले समयमै काम सम्पन्न गर्ने गरी धमाधम काम भईरहेको दावी गरे । आरपी साप समता जेभीले निर्माणको ठेक्का लिएर काम गरिरहेको छ ।




Discussion about this post