मेचीनगर, ३० कात्तिक । आज बेलुका पूर्व पश्चिम राजमार्गमा चारआलीबाट धुलाबारी आउँदै गरेको मोटरसाइकलले बाटो क्रस गर्दै गरेको पैदल यात्रीलाई ठक्कर दिँदा मृत्यु भएको छ ।
चारआलीबाट धुलाबारी आउँदै गरेको मे.६ प.३१७९ नम्बरको मोटरसाइकलले बाटो क्रस गर्दै गरेका नाम र थर नखुलेका पैदल यात्री अन्दाजी ५० वर्षीय पुरुषलाई शुक्रबार बेलुका ६ वजे ठक्कर दिँदा गम्भिर घाइते भएको जिल्ला प्रहरी कार्यालय झापाले जानकारी दिएको छ ।
उनलाई तत्काल उपचारका लागि बिर्तामोड स्थित बीएण्डसी अस्पताल पठाइएको थियो । घाइतेलाई बेलुका करिव ७ वजे अस्पताल पुर्याउन साथ डाक्टरले चेकजाँच गर्दा मृत्यु भइसकेको घोषणा गरेका थिए ।
मोटरसाइकल चालक मेचीनगर नगरपालिका–७ बस्ने बर्ष ५२ का गणेश राजबंशी समेत घाइते भएका थिए । उनको हात, खुट्टा, अनुहार र मुखमा चोट लागेकाले सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले बताएको छ ।
Discussion about this post