१६ असार २०८३, मंगलवार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

नकलबन्दा चिया बगानमा नगरपालिकाले चलायो डोजर (भिडियोसहित)

मंसिर ६, २०८१, २:४८ .बिहिबार
0
0
0
SHARES
51
VIEWS
Share on FacebookShare on Twitter

मेचीनगर, ६ मंसिर । नकलबन्दा चिया बगानले ओगेटेको १० विघा भन्दा बढी सरकारी जग्गामा आज मेचीनगर नगरपालिकाले डोजर चलाएको छ ।

बिहीबार मेचीनगर–५ स्थित १२ नम्बर, १६ नम्बर र १९ नम्बर गाउँको नकलबन्दा टि स्टेटले उपभोग गरेको १० विघा ५ कठ्ठा ७ धुर भन्दा बढी सरकारी जग्गा नगरपालिकाले डोजर लगाएर खाली गर्न सुरु गरेको हो ।

मेचीनगर नगरपालिकाका मेयर गोपालचन्द्र बुढाथोकीको नेतृत्वमा दलबलसहित गएको टोलीले १२ नम्बर गाउँको चिया बगानले ओगेटेको जग्गामा डोजर लगाएर सूचनासहितको व्यानर टासिएको छ ।

मालपोत कार्यालय झापाले २०४८ असोज २५ गते छुट जग्गा निर्णयबाट दिनेशप्रसाद कानुको नाममा रहेको कि.न. २३१, २३२, ३७०, ३७१, ३७२, ३७३, ३७५, ३७६, ३७७, ३७८, ३७९, ३८०, ३८१, ३८२, ३८३, ३८५, ३८६, ३८७, ३८९, ३९०, ३८४ र ३९० का कुल १० विघा ५ कठ्ठा ७ धुर जग्गाहरु २०५५ असोज ११ गते नकलबन्दा टि स्टेटका नाममा बिक्री गरेको थियो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग काठमाडौँले २०६६ मंसिर २२ गतेको निर्णयबाट नकलबन्दा टि स्टेटको नाममा रहेका उक्त जग्गाहरु बदर गरी नेपाल सरकारको नाममा रहेको सम्बन्धीत पक्षलाई र मेचीनगरलाई २०८० साउनमा जानकारी गराएको थियो ।

सोही अनुसार मेचीनगरले नकलबन्दा टि स्टेटका सञ्चालकलाई २०८१ असोज २ गते उक्त जग्गाहरु खाली गर्न पत्रचार गरेको थियो ।
मेयर बुढाथोकीले बगानको मालिकलाई जग्गा खाली गर्न समय दिएको बताए । तर, समयमा जग्गा खाली नगरेपछि आज सार्वजनिक रुपमा नगरपालिकाको संरक्षण र सुरक्षामा रहेको घोषणा गरेको उनको भनाई छ ।

नकलबन्दा टि स्टेटका कर्मचारीका अनुसार सञ्चालक स्व.दिनेश कानुका छोरा बिक्की कानुले नगरपालिकासँग आगामी पुस मसान्तसम्म समय मागेको बुझिएको छ ।

मेयर बुढाथोकीको नेतृत्वमा दलबलसहित आएको टोलीमा उपमेयर मीना पोखरेल उप्रेती, ५ का वडाध्यक्ष कनक कार्की, १ का रामकुमार राई, ४ का वडाध्यक्ष अर्जुनकुमार कार्की, ७ का वडाध्यक्ष प्रह्लादमणि ओली, ९ का वडाध्यक्ष कञ्चनकुमार तामाङ, १० का वडाध्यक्ष नारायण खनाल, ११ का रुद्र डाँगी, कार्यपालिका सदस्यहरु चित्र धिमाल लगायत जनप्रतिनिधिहरु, नगरप्रहरी, स्थानीय मजदुर नेता र सञ्चारकर्मीहरुको बाक्लो उपस्थिति रहेको थियो ।

पछिल्लो समाचार

पसल-पसलमा आएर करका विषयमा बुझाउन व्यापारीकाे माग

अघिल्लो समाचार

बाहुनडाँगी जेसीज : बानियाँको उत्कृष्ट कामप्रति सबैले गरे प्रशंसा

Related Posts

जंगबहादुरकी रानी बनेकी मेचे समुदायकी ‘नीलसरी’
banner

जंगबहादुरकी रानी बनेकी मेचे समुदायकी ‘नीलसरी’

असार १५, २०८३, ७:४८ .सोमवार
पानीका विषयमा विद्यार्थीसँग काँकरभिट्टा खानेपानीको प्रश्नोत्तर
box -3

पानीका विषयमा विद्यार्थीसँग काँकरभिट्टा खानेपानीको प्रश्नोत्तर

असार १२, २०८३, १२:०८ .शुक्रबार
मुख्यमन्त्रीलाई पनि बुझाए बाहुनडाँगीका हात्ती पीडितले हस्ताक्षर
banner -1

मुख्यमन्त्रीलाई पनि बुझाए बाहुनडाँगीका हात्ती पीडितले हस्ताक्षर

असार १२, २०८३, ९:४५ .शुक्रबार
मेचीनगरमा बाँझो जग्गा राख्न नपाइने
banner -2

मेचीनगरमा बाँझो जग्गा राख्न नपाइने

असार १२, २०८३, ९:०२ .शुक्रबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.