२५ मंसिर २०८२, बिहीबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

बाहुनडाँगी जेसीज : बानियाँको उत्कृष्ट कामप्रति सबैले गरे प्रशंसा

मंसिर ७, २०८१, १:४६ .शुक्रबार
0
0
0
SHARES
120
VIEWS
Share on FacebookShare on Twitter

बाहुनडाँगी, ७ मंसिर । एक वर्षको आफ्नो कार्यकालमा धेरै उत्कृष्ट कामहरु गरेर वाई वाई पाएका बाहुनडाँगी जेसीज वर्ष २०२४ का अध्यक्ष देबु बानियाँलाई सबैले प्रशंसा गरेका छन् ।

आज बाहुनडाँगी जेसीजको १४ औँ बार्षिक साधारण सभामा बोल्ने प्रायः सबै वक्ताहरुले अध्यक्ष बानियाँले गरेको कामप्रति खुलेरै प्रशंसा गरेका हुन् ।

कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेश सभाका सदस्य एवम् नेपाली काँग्रेस संसदिय दलका प्रमुख सचेतक गापाल तामाङ, मेचीनगर–४ का वडाध्यक्ष अर्जुनकुमार कार्की, मेचीनगर–२ का वडाध्यक्ष एवम् बाहुनडाँगी जेसीजका पूर्व अध्यक्ष दीपक बराल, मेचीनगर–१ का वडाध्यक्ष रामकुमार राई, बाहुनडाँगी जेसीजका संस्थापक अध्यक्ष नविन बराल, पूर्व अध्यक्ष बद्री निरौला, चारआली साना शहरी खानेपानी उपभोक्ता तथा सरसफाइ संस्था एवम् रितिका डेरीका सञ्चालक राजन चिमरिया, भानु माविकी प्रधानाध्यापक खड्गकुमारी तिम्सिना लगायतले अध्यक्ष बानियाँ नेतृत्वको टिमले समाज रुपान्तरणमा पुर्याएको योगदानको कदर गरेका थिए ।

अध्यक्ष बानियाँ नेतृत्वको टिमले आफ्नो कार्यकालको एक वर्षमा ५३ वटा कार्यक्रम गरेर देशभरिबाट उत्कृष्ट भएर बाहुनडाँगीलाई चिनाउन सफल भएको छ ।

वडाध्यक्ष कार्कीले कार्यक्रममा बोल्ने क्रममा जनप्रतिनिधिको हिसावले मैले वडामा गर्न नसकेको कामहरु अध्यक्ष बानियाँ नेतृत्वको टिमले गरेकोप्रति खुशी व्यक्त गरेका थिए । उनले बाहुनडाँगीको फोहोरलाई व्यवस्थापन गर्न जेसीजसँग हातेमालो गरेर काम गर्ने अघि बढ्ने बताए ।

कार्यक्रममा बाहुनडाँगी जेसीजका संस्थापक अध्यक्ष बरालले अध्यक्ष बानियाँ नेतृत्वको टिम सफल रहेकोले नेपाल जेसीजको कुनै पनि पदमा पठाउन सबैको सहयोग रहने बताएका छन् ।

अध्यक्षकाे प्रतिवेदन प्रस्तुत गर्दै बानियाँले समय अभावले अझै धेरै कामहरू अधुराे रहेकाे बताएका थिए । उनकाे टिमले विभिन्न सामाजिक गतिविधिमा रहेर एक वर्षमा ५३ वटा समाजसेवामुखि काम गरेका छन् ।

बाहुनडाँगीको सामुदायिक भवनमा सम्पन्न साधारण सभामा विभिन्न क्षेत्रमा योगदान गर्ने व्यक्तिहरुलाई सम्मान गरिएको छ । सम्मानित हुनेहरुमा हात्तीको क्षेत्रमा काम गर्ने अभियन्ता शंकर लुईटेल, चराको संरक्षणमा काम गर्ने अभियन्ता देबेन्द्र खरेल, सुरज देवकोटा, सन्तोष खवास, सन्तोष भट्टराई, विद्या विकास एकाडेमीलाई सम्मान गरिएको थियो ।

यसैगरी, संस्थामा एक वर्ष विभिन्न क्षेत्रबाट सहयोग गर्ने जेसीजहरुलाई अवार्ड प्रदान गरिएको थियो । वर्ष उत्कृष्ट अवार्ड जेसी विमल रणपहेलीलाई प्रदान गरिएको थियो ।

यस्तै जेसी शुष्मा मिश्र, रिना दर्जी, सदेश पौडेल, प्रविण चापागाई, विदात गिरी, एरिल पौडेल, नित्यानन्द चम्लागाई, पवन बराइलीलाई अवार्ड प्रदान गरिएको थियो ।

कार्यक्रममा मेचीनगर–४ घरभई हाल वैदेशिक रोजगारीका लागि दुवईमा रहेका राहुल भारतीका परिवारलाई सम्मान गरिएको छ । उनले बुबा टीकाराज भारतीको स्मृतिमा जेसीज धारा निर्माण गरेका थिए । त्यस्तै उनले वस्नेत दाजु–भाइको घर निर्माण पनि सहयोग गरेका थिए ।

यसैगरी एसईईमा उत्कृष्ट ल्याउने जनता माविकी छात्रा मान्यता दाहाल र भानु माविका सुगम पोखरेललाई नगद एकहजार ५ सयसहित सम्मान गरिएको छ ।

यसैबीच यो साधारणसभाले आगामी अधिवेशनबाट नयाँ नेतृत्व चयन गर्नेछ । आजको बन्द सत्रमा उम्मेदवारी दर्ता गरिएको छ ।
अध्यक्ष पदमा नित्यानन्द चम्लगाई र निकेशराज दाहालको उम्मेदवारी परेको छ । नित्यानन्द वर्तमान कोषाध्यक्ष हुन भने निकेश संस्थापक सदस्य हुन ।

यसैगरी कार्यकारीणी उपाध्यक्षद्वय पदमा किरण गौतम, सदेश पौडेल, डिल्लीराज भारती र रोशन गिरीको उम्मेदवारी परेको छ । ४ जनाको उपाध्यक्ष पदमा प्रविण चापागाई, विमल रणपहेली, भरत चम्लगाई र रिना दर्जीको उम्मेदवारी परेको निर्वाचन आयुक्त हेमन्त मोक्तानले जानकारी दिए । उनका अनुसार निर्वाचन यही मंसिर २२ गते हुनेछ ।

बाहुनडाँगी जेसीजका अध्यक्ष देबु बानियाँको अध्यक्षतामा सम्पन्न साधारण सभाको स्वागत कार्यक्रम संयोजक सामुल रायाले, आस्थापाठ बाचन कार्यकारीणी उपाध्यक्ष शुष्मा मिश्र र सञ्चालन महासचिव कौशल उप्रेतीले गरेका थिए ।

पछिल्लो समाचार

नकलबन्दा चिया बगानमा नगरपालिकाले चलायो डोजर (भिडियोसहित)

अघिल्लो समाचार

काँकरभिट्टा खानेपानीको अवस्थाबारे जानकारी लिँदै मन्त्री यादव (भिडियोसहित)

Related Posts

सूर्तीजन्य, मादक पदार्थ र लागूऔषध बिक्री वितरण रोक्न माग
banner

सूर्तीजन्य, मादक पदार्थ र लागूऔषध बिक्री वितरण रोक्न माग

मंसिर २३, २०८२, २:३६ .मङ्लबार
क्रियाशील सदस्यता विवरण छिट्टै सार्वजनिक हुन्छ : कांग्रेस प्रवक्ता शर्मा
banner -1

प्रतिनिधि सभाका लागि झापा–१ बाट शर्माको नाममात्र सिफारिस

मंसिर २३, २०८२, १:४८ .मङ्लबार
तीन पत्रकारलाई टंकप्रसाद–रमादेवी पाठक पत्रकारिता पुरस्कार
banner -2

तीन पत्रकारलाई टंकप्रसाद–रमादेवी पाठक पत्रकारिता पुरस्कार

मंसिर २३, २०८२, १:३१ .मङ्लबार
भलिबल प्रशिक्षक कुमार राई एक लाखसहित सम्मानित
banner -1

भलिबल प्रशिक्षक कुमार राई एक लाखसहित सम्मानित

मंसिर २०, २०८२, १२:२० .शनिबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.