७ माघ २०८२, बुधबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

शिक्षा

क्यान झापाको अध्यक्षमा शुभ कुमाई

मंसिर १०, २०८१, २:३८ .सोमवार
0
0
0
SHARES
8
VIEWS
Share on FacebookShare on Twitter

बिर्तामोड, १० मंसिर । कम्प्युटर एशोसिएसन नेपाल महासंघ (क्यान) झापा शाखाको अध्यक्षमा शुभ कुमाई पाठक सर्वसम्मत चयन भएकी छन् ।

आइतबार प्रथम आईटी सिस्टम प्रालि बिर्तामोडको तालिम कक्षमा सम्पन्न वार्षिक साधारण सभाले कुमाईको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो । कुमाई बिर्तामोड स्थित क्वालिटी कम्प्युटरका निर्देशक हुन् ।

समितिको सदस्यहरुमा लोकनाथ खनाल (लोकप्रिय), खगेन्द्र मिश्र, बिनोद श्रेष्ठ, जेनिशा पोखरेल, योगेश राजवंशी, तोषराज ठाकुर र वाप्पा साह छन् । यस्तै क्यान झापाको संस्थागत कार्यसमिति सदस्यमा साझामञ्च मिडियाका प्रधान सम्पादक गोपाल काफ्लेलाई चयन गरिएको छ ।

निर्वाचन समिति संयोजकमा अधिवक्ता पवन कार्की तथा सदस्यहरुमा क्यान कोशी प्रदेशका अध्यक्ष रोशन दाहाल र पूर्व केन्द्रीय सदस्य दिपेश पाठक रहेका थिए ।

निर्वाचन समितिको संयोजक कार्कीले निर्वाचित उम्मेदवारहरुको नाम घोषणा गरी अध्यक्ष पाठकलाई सपथग्रहण गराएका थिए । सोपछि अध्यक्ष पाठकले सदस्यहरुलाई सपथ ग्रहण गराइन् ।

क्यान झापाका अध्यक्ष कृष्णप्रसाद घिमिरेको अध्यक्षता तथा क्यान महासंघका केन्द्रीय अध्यक्ष रन्जितकुमार पोद्धारको प्रमुख आतिथ्यमा (क्यान) झापा शाखाको दशौं वार्षिक साधारणसमा तथा पाँचौ अधिवेशन सम्पन्न भएको हो ।

कार्यक्रममा प्रमुख अतिथि केन्द्रीय अध्यक्ष पोद्धार, झापाका संस्थापक अध्यक्ष एवम् पूर्व केन्द्रीय सदस्य पाठक, कोशी प्रदेशका अध्यक्ष दाहाल, साझामाञ्च डटकमका सम्पादक काफ्ले, जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी निरीक्षक गणेश पौडेल लगायतले शुभकामना मन्तब्य राखेका थिए ।

सोही अवसरमा हेल्भेटास नेपालको सहयोगमा कनकाई पोलिटेक्निक इन्स्टिच्युट दुर्गापुरमा २ वर्षे डिप्लोमा कोर्ष पूरा गरेका पहिलो ब्याचका २० जना विद्यार्थीहरुलाई प्रमाणपत्र प्रदान गरिएको थियो ।

यस्तै कनकाई पोलिटेक्निक इन्स्टिच्युटका प्राचार्य खगेन्द्र मिश्रले कनकाई नगरपालिकाले सञ्चालन गरेको प्राविधिक विद्यालयमा विद्यार्थीले साढे ३ महिनामात्र अध्ययन गर्ने र साढे १९ महिना जबस्टेशनमा सेवा गरेर सीप सिकाउने व्यवस्था रहेको जानकारी दिए ।

पहिलो ब्याचका २० जना विद्यार्थीहरु अहिले १९ वटा कम्पनीमा आवद्ध गराएर स्वरोजगार बनाइ सकिएको उनको दावी थियो ।

साधारण सभामा अध्यक्षको प्रतिवेदन कृष्णप्रसाद घिमिरेले, सचिवको प्रतिवेदन लोकप्रिय खनालले र कोषाध्यक्षको प्रतिवेदन विनोद श्रेष्ठले प्रस्तुत गरेका थिए । क्यान झापाका उपााध्यक्ष रोशन बुढोथोकीले र सचिव लोकप्रिय खनालले सञ्चालन गरेका थिए ।

पछिल्लो समाचार

लागूऔषध नियन्त्रणका लागि सबै जागरुक हुनुपर्छ : मेयर प्रसाई

अघिल्लो समाचार

बिर्तामोड झापा कप : ‘होम ग्राउन्ड’ स्तरोन्नति गरिदै

Related Posts

झापामा १७ जना स्वतन्त्रसहित ९० जनाको उम्मेदवारी दर्ता
banner -1

झापामा १७ जना स्वतन्त्रसहित ९० जनाको उम्मेदवारी दर्ता

माघ ६, २०८२, ३:२८ .मङ्लबार
झापा–१ मा दुई स्वतन्त्रसहित १५ जनाको उम्मेदवारी दर्ता
banner

झापा–१ मा दुई स्वतन्त्रसहित १५ जनाको उम्मेदवारी दर्ता

माघ ६, २०८२, १:२० .मङ्लबार
बीएन्डसीले तत्काल ऋणको व्याज र किस्ता तिर्नु नपर्ने
box -1

राजावादी नेता प्रसाई पोखराबाट पक्राउ

माघ ५, २०८२, १२:०५ .सोमवार
ओली उम्मेदवारी दिन आफ्नो निर्वाचन क्षेत्रमा
banner

ओली उम्मेदवारी दिन आफ्नो निर्वाचन क्षेत्रमा

माघ ५, २०८२, ११:४९ .सोमवार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.