बिर्तामोड, १० मंसिर । कम्प्युटर एशोसिएसन नेपाल महासंघ (क्यान) झापा शाखाको अध्यक्षमा शुभ कुमाई पाठक सर्वसम्मत चयन भएकी छन् ।
आइतबार प्रथम आईटी सिस्टम प्रालि बिर्तामोडको तालिम कक्षमा सम्पन्न वार्षिक साधारण सभाले कुमाईको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो । कुमाई बिर्तामोड स्थित क्वालिटी कम्प्युटरका निर्देशक हुन् ।
समितिको सदस्यहरुमा लोकनाथ खनाल (लोकप्रिय), खगेन्द्र मिश्र, बिनोद श्रेष्ठ, जेनिशा पोखरेल, योगेश राजवंशी, तोषराज ठाकुर र वाप्पा साह छन् । यस्तै क्यान झापाको संस्थागत कार्यसमिति सदस्यमा साझामञ्च मिडियाका प्रधान सम्पादक गोपाल काफ्लेलाई चयन गरिएको छ ।
निर्वाचन समिति संयोजकमा अधिवक्ता पवन कार्की तथा सदस्यहरुमा क्यान कोशी प्रदेशका अध्यक्ष रोशन दाहाल र पूर्व केन्द्रीय सदस्य दिपेश पाठक रहेका थिए ।
निर्वाचन समितिको संयोजक कार्कीले निर्वाचित उम्मेदवारहरुको नाम घोषणा गरी अध्यक्ष पाठकलाई सपथग्रहण गराएका थिए । सोपछि अध्यक्ष पाठकले सदस्यहरुलाई सपथ ग्रहण गराइन् ।
क्यान झापाका अध्यक्ष कृष्णप्रसाद घिमिरेको अध्यक्षता तथा क्यान महासंघका केन्द्रीय अध्यक्ष रन्जितकुमार पोद्धारको प्रमुख आतिथ्यमा (क्यान) झापा शाखाको दशौं वार्षिक साधारणसमा तथा पाँचौ अधिवेशन सम्पन्न भएको हो ।
कार्यक्रममा प्रमुख अतिथि केन्द्रीय अध्यक्ष पोद्धार, झापाका संस्थापक अध्यक्ष एवम् पूर्व केन्द्रीय सदस्य पाठक, कोशी प्रदेशका अध्यक्ष दाहाल, साझामाञ्च डटकमका सम्पादक काफ्ले, जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी निरीक्षक गणेश पौडेल लगायतले शुभकामना मन्तब्य राखेका थिए ।
सोही अवसरमा हेल्भेटास नेपालको सहयोगमा कनकाई पोलिटेक्निक इन्स्टिच्युट दुर्गापुरमा २ वर्षे डिप्लोमा कोर्ष पूरा गरेका पहिलो ब्याचका २० जना विद्यार्थीहरुलाई प्रमाणपत्र प्रदान गरिएको थियो ।
यस्तै कनकाई पोलिटेक्निक इन्स्टिच्युटका प्राचार्य खगेन्द्र मिश्रले कनकाई नगरपालिकाले सञ्चालन गरेको प्राविधिक विद्यालयमा विद्यार्थीले साढे ३ महिनामात्र अध्ययन गर्ने र साढे १९ महिना जबस्टेशनमा सेवा गरेर सीप सिकाउने व्यवस्था रहेको जानकारी दिए ।
पहिलो ब्याचका २० जना विद्यार्थीहरु अहिले १९ वटा कम्पनीमा आवद्ध गराएर स्वरोजगार बनाइ सकिएको उनको दावी थियो ।
साधारण सभामा अध्यक्षको प्रतिवेदन कृष्णप्रसाद घिमिरेले, सचिवको प्रतिवेदन लोकप्रिय खनालले र कोषाध्यक्षको प्रतिवेदन विनोद श्रेष्ठले प्रस्तुत गरेका थिए । क्यान झापाका उपााध्यक्ष रोशन बुढोथोकीले र सचिव लोकप्रिय खनालले सञ्चालन गरेका थिए ।
Discussion about this post