झापा, ५ माघ । कोशी प्रदेशका पूर्व मुख्यमन्त्री उद्धव थापामाथि आक्रमण भएको छ ।
नेपाल प्रेस युनियन झापाले दोमुखामा आयोजना गरेको कार्यक्रमबाट फर्कनेक्रममा उनीमाथि सुरुङ्गा जुकेकल्भट नजिकै आक्रमण भएको हो ।
आक्रमणबाट नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलका नेता थापाको निधारमा चोट लागेको छ ।
जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता एवम् डीएसपी कृष्णकुमार चन्दले पूर्व मुख्यमन्त्री थापामाथि आक्रमण गर्ने दुई जना पक्राउ परेको बताए । पक्राउ पर्नेहरू नेपाल विद्युत् प्राधिकरणका कर्मचारी रहेका छन् ।
प्रहरीले पक्राउ परेका प्राधिकरणका कर्मचारीहरूलाई कानुन अनुसार कारबाही गरिने बताएको छ ।
बा १ झ ६५३ नं को गाडीमा सवार थापामाथि बा १ ञ १८७० मा सवार विद्युत् प्राधिकरणका चालक र सहयोगी कर्मचारीले आक्रमण गरेका थिए ।
पूर्वपश्चिम राजमार्गमा निर्माणाधीन एशियन हाइवेमा भीआईपी गाडीले ओभरटेक गर्न खोज्दा आक्रमण भएको प्रहरीको भनाई छ ।
निधारमा चोट लागेका थापा बिर्तामोड स्थित बिर्तासिटी अस्पतालमा उपचारपछि घर फर्किएका छन् ।
Discussion about this post