बुधबारे, ७ माघ । बुद्धशान्ति गाउँपालिकामा बोलेरो र अटो रिक्सा ठोक्किएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा तीन जना घाइते भएका छन् ।
बुद्धशान्ति-४, हापेन चोक स्थित मेची राजमार्गमा चारआलीबाट इलामतर्फ जाँदै गरेको प्र.१–०१–००१ ज ३८५१ नं. को बोलेरो गाडी र विपरित दिशाबाट आउँदै गरेको प्र.१–०१–००२ ह ३६३ नम्बरको अटो रिक्सा एक आपसमा ठक्करमा अटोमा सवार बुद्धशान्ति-४ बस्ने २७ वर्षीया अमृता तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जानकारी दिएकाे छ ।
प्रहरीका अनुसार दुर्घटनामा सोही ठाउँका २१ वर्षीया कृतिका तामाङ, ४१ वर्षीया मञ्जु तामाङ र बोलेरो चालक मेचीनगर नगरपालिका-१२ बस्ने ४० वर्षीय दिलकुमार माँझी घाइते भएका छन् ।
अटो चालक बुद्धशान्ति-४ बस्ने ५३ वर्षीय अजय मुक्तान सामान्य रहेका छन् । घाइते सबैलाई उपचारको लागि प्रादेशिक अस्पताल भद्रपुर लगिएको छ ।
अटो, अटाे चालक र बेलाेराे गाडी इलाका प्रहरी कार्यालय बुधबारेको नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवम् डीएसपी कृष्णकुमार चन्दले बताए ।




Discussion about this post