२९ पुष २०८२, मंगलवार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

शिक्षा

महोत्सवमा शैक्षिक परामर्शसँगै पर्यटन वर्ष–२०८२ को प्रचार

माघ १२, २०८१, ८:०२ .शनिबार
0
0
0
SHARES
16
VIEWS
Share on FacebookShare on Twitter

बिर्तामोड, १२ माघ । बिर्तामोडमा जारी ‘एपोलो पेन्ट्स बिर्तामोड अन्तराष्ट्रिय औद्योगिक व्यापार महोत्सव’मा सहभागीले मनोरञ्जन मात्र लिएका छैनन् उनीहरुले शैक्षिक परामर्शदेखि पूर्वका पर्यटकीय क्षेत्रको जानकारी र पर्यटन वर्ष २०८२ को बारेमा जानकारी पाइरहेका छन् ।

विभिन्न कन्सल्टेन्सीहरुले महोत्सवमा सहभागीलाई उच्च शिक्षा अध्ययनका लागि शैक्षिक परामर्श प्रदान गरिरहेका छन् भने पर्यटन कार्यालय काँकरभिट्टाले कोशी प्रदेश पर्यटन वर्ष २०८२ को विषयमा जानकारी गराइरहेको छ । कोशी प्रदेश सरकारले २०८२ साल लाई पर्यटन वर्ष घोषणा गरेको छ ।

अधिकांश विद्यार्थीले माध्यमिक तहको परीक्षा उत्तीर्ण गरेपछि उच्च शिक्षा अध्ययनका लागि विदेश रोज्छन् । तर, उचित शैक्षिक पराशर्म नपाउँदा उनीहरु कुन देशको शैक्षिक अवस्था कस्तो छ भनेर अनभिज्ञ रहन्छन् । यस्तो अवस्थामा सारथी हुन्छन् कन्सल्टेन्सीहरु ।

तिनै कन्सल्टेन्सीले बिर्तामोड महोत्सवमा विद्यार्थी र उनीहरुका अभिभावकलाई लक्षित गर्दै शैक्षिक परामर्शका लागि स्टलहरु राखेपछि महोत्सवमा सहभागीले त्यसको फाइदा लिएका छन् । बिर्तामोडमा रहेको वीज इन्टरनेशनल एजुकेशन सर्भिसले महोत्सवमा स्टल राखेर शैक्षिक परामर्शको क्षेत्रमा जानकारी गराइरहेको छ ।

उच्च शिक्षा अध्ययनका लागि विदेश जान चाहने विद्यार्थीहरुलाई लक्षित गर्दै कन्सल्टेन्सीले पराशर्म दिइरहेको वीज इन्टरनेशनलका प्रवन्ध निर्देशक अशोक भण्डारीले जानकारी दिए । वीज इन्टरनेशनलले अष्ट्रेलिया, जापान, युके, न्यूजरल्याण्ड लगायतका विश्व विद्यालयका विषयमा परामर्श महोत्सल स्थलमै प्रदान गर्दै आएको छ ।

महोत्सव स्थलमा नै रहेको अर्बन स्पेश एजुकेशन कन्सल्टेन्सीका प्रवन्ध निर्देशक तुलसी पाठकले कोरिया, जापान, युके लगायतका मुलुकमा रहेका विश्व विद्यालयका विषयमा महोत्सव स्थलमा सहभागीलाई पराशर्म दिँदै आएको बताए । महोत्सव स्थलमा विद्यार्थीदेखि अभिभावक समेत सहभागिता हुने भएकाले परामर्श दिन सहज भएको उनको भनाई छ ।

विदेश अध्ययन गर्न जाने विद्यार्थीको संख्या वार्षिक रुपमा बढ्दो छ । सरकारको पछिल्ला वर्षको तथ्याङ्कलाई अध्ययन गर्दा विदेश अध्ययनका गर्ने जाने नेपाली विद्यार्थीको संख्या बढिरहेको देखाउँछ । शिक्षा मन्त्रालयबाट ‘नो अब्जेक्सन लेटर’ (एनओसी)’ लिएर विदेश अध्ययन गर्न गएका विद्यार्थी मध्ये कजि नेपाल फर्किए त्यसको कुनै तथ्याङ्क छैन ।

तर, विदेश अध्ययनका लागि जाने विद्यार्थीको संख्या भने बढ्दो छ । विदेशमा उच्च आयको रोजगारीको ग्यारेन्टीले समेत नेपाली विद्यार्थी विदेश पढ्न रुचाउँछन् । जसका कारण नेपाली विद्यार्थी अध्ययनका लागि विदेश जाने गरेका हुन् ।

विद्यार्थीलाई महोत्सव मूल आयोजक समितिले निःशुल्क प्रवेशको व्यवस्था गरेसंगै महोत्सव अवलोकनका लागि विद्यार्थीलाई सहज भएको छ । विद्यालय पोशाक र शिक्षकको रोहवरमा महोत्सव स्थलमा पुगेका विद्यार्थीलाई निःशुल्क प्रवेशको व्यवस्था गरिएको महोत्सव मूल आयोजक समिति संयोजक विशाल थापाले बताए ।

महोत्सव स्थलमा पर्यटन, वन तथा वातावरण मन्त्रालय अन्तरगत रहेको पर्यटन कार्यालय काँकरभिट्टाले पर्यटन वर्ष २०८२ का विषयमा जानकारी गराउँदै आएको छ । जसले पर्यटन प्रहरी र पर्यटन वर्षका विषयमा जानकारी गराइरहेको पाइएको छ ।

पर्यटन प्रहरी कार्यालय काँकरभिट्टाले समेत ११ बुँदे अपिलसहित पर्यटकलाई स्थानीय पर्यटकीय गन्तव्यका वारेमा जानकारी गराउँदै पर्यटकको सुरक्षामा ध्यान दिन अनुरोध गरेको छ । अपिलमा भनिएको छ –‘ग्रामीण पर्यटनको प्रर्वद्धन गरौँ, गन्तव्यहरुको सही सूचना सम्प्रेषण गरौँ ।’

‘हाम्रो सभ्यता र हाम्रो संस्कृति, अथितिको सत्कार पर्यटन मैत्री व्यहार, प्रहरी र नागरिक बरावर जिम्मेवार’ नारा सहित पर्यटन कार्यालयले पूर्वका पर्यटकीय क्षेत्र र पर्यटन वर्षका विषयमा महोत्सवमा सहभागीलाई जानकारी गराइरहेको पर्यटन कार्यालय काँकरभिट्टाका सूचना अधिकारी निरज कट्टेलले बताए ।

पछिल्लो समाचार

प्रेस चौतारी झापाको अध्यक्षमा प्रदीप परियार

अघिल्लो समाचार

लेडी जेसीजको ‘प्री इन्डक्सन तथा लोम अफिसर’ तालिम

Related Posts

दार्जिलिङको तराइ प्रेस क्लब च्याम्पियन
banner

दार्जिलिङको तराइ प्रेस क्लब च्याम्पियन

पुस २८, २०८२, १:४७ .सोमवार
कांग्रेसको विशेष महाधिवेशनमा महामन्त्रीद्वय गगन र विश्वको गर्जन
banner -1

कांग्रेसको विशेष महाधिवेशनमा महामन्त्रीद्वय गगन र विश्वको गर्जन

पुस २७, २०८२, २:०५ .आइतवार
‘प्रथम भाक्का पिठ्ठ उत्सव’ ऐतिहासिक : नगरप्रमुख बुढाथोकी
banner -1

‘प्रथम भाक्का पिठ्ठ उत्सव’ ऐतिहासिक : नगरप्रमुख बुढाथोकी

पुस २७, २०८२, १:३२ .आइतवार
मेची मासु उत्पादक सहकारीको अध्यक्षमा भण्डारी
box -1

मेची मासु उत्पादक सहकारीको अध्यक्षमा भण्डारी

पुस २६, २०८२, १२:२५ .शनिबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.