मेचीनगर, १२ माघ । मेचीनगर लेडी जेसीजले ‘प्री इन्डक्सन तथा लोम अफिसर’ तालिम सम्पन्न गरेको छ ।
शुक्रबार जेसीजको पहिलो कार्यक्रम अन्तरगत ‘प्री इन्डक्सन तथा लोम अफिसर’ तालिम सम्पन्न गरेको हो ।
उक्त तालिमको उद्घाटन मेचीनगर–१० का वडाध्यक्ष एवम् मेचीनगर लेडी जेसीजको मातृ शाखा धुलाबारी जेसीजका पूर्व अध्यक्ष नारायण खनालले गरेका थिए ।
तालिममा सहभागीहरुलाई मेचीनगर–७ की वडा सचिव, धुलाबारी जेसीजकी पूर्व अध्यक्ष एवम् नेपाल जेसीज सन २००४ की राष्ट्रिय उपाध्यक्ष लक्ष्मी राईले प्रशिक्षण दिएकी थिइन् ।
कार्यक्रममा लेडी जेसीजका पूर्व अध्यक्ष, मानार्थ सदस्य, वोर्डका पदाधिकारी तथा सदस्यहरुको उपस्थिति रहेको तालिम संयोजक शुष्मा राजबंशीले जानकारी दिइन् ।
मेचीनगर लेडी जेसीज वर्ष २०२५ की अध्यक्ष सविता पोखरेलले पहिलो कार्यक्रम अन्तरगत जेसीज भनेको के हो, जेसीजका पदाधिकारी तथा कार्यसमितिको काम, कर्तव्य र अधिकारका विषयमा तालिम आयोजना गरिएको बताइन् ।
मेचीनगर लेडी जेसीज अध्यक्ष सविता पोखरेलको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन महासचिव शर्मिला तिम्सिनाले गरेकी थिइन् ।
Discussion about this post