बिर्तामोड, १२ माघ । नेपाल भेनियर उत्पादक संघ झापाको अध्यक्षमा श्यामप्रसाद न्यौपाने सर्वसम्मत चयन भएका छन् ।
आज बिर्तामोडमा सम्पन्न ८ औँ अधिवेशनले न्यौपानेलाई अध्यक्ष पदमा सर्वसम्मत चयन गरेको हो ।
कार्यसमितिको वरिष्ठ उपाध्यक्ष पदमा दिनेश शाक्य, उपाध्यक्षद्वयमा विमलकुमार प्रधान र सुरेशकुमार अग्रवाल, महासचिवमा सञ्जीवकुमार वर्मा, सचिवमा लीलाकुमार न्यौपाने र कोषाध्यक्षमा अञ्जनीकुमार चौधरी चयन भएको निर्वाचन अधिकृत गोपाल वस्नेतले जानकारी दिए ।
यस्तै सदस्यहरुमा उज्जल श्रेष्ठ, विक्रम खत्री, रोनक अग्रवाल, सञ्जय शाह, राकेश शाह, राजेशकुमार अग्रवाल, सौरभ अग्रवाल र निरकुमार राई चयन भएको उनले बताए ।
यसैगरी लेखा समिति संयोजकमा अमित अग्रवाल तथा सदस्यहरुमा अनुपकुमार अग्रवाल र अनुपकुमार शाह छानिएको निर्वाचन अधिकृत वस्नेतले बताए ।
नेपाल भेनियर उत्पादक संघको यसअघि अध्यक्ष दिपक पाण्डे थिए ।
Discussion about this post