झापा, १४ माघ । बिर्तामोडमा जारी महोत्सवमा आयोजक समितिले एउटा टिकट खरिदमा अर्काे टिकट छुट गरेको छ ।
एपोलो पेन्ट्स बिर्तामोड अन्तराष्ट्रिय औद्योगिक व्यापार महोत्सवमा सहभागीलाई मध्यनजर गर्दै महोत्सव आयोजक समितिले एउटा टिकट खरिदमा अर्काे टिकट फ्रि गरेको हो ।
अब एकसय रुपैयाँको टिकट लिदा दुई वटा टिकट पाइने भएको छ । योसंगै एनसेलका दुई वटा सिम सित्तैमा र एक प्याकेट सेनिटर प्याडसमेत उपलब्ध गराउने भएको छ । महोत्सवलाई थप रोचक र चलायमान बनाउन महोत्सव आयोजक समितिले यस्तो निर्णय गरेको हो ।
यो निर्णय माघ १४ गतेदेखि लागू भएको छ । माघ १९ गतेसम्म सञ्चालन हुने महोत्सव अवधिभर यो निणर्य लागू गरिने महोत्सव मूल आयोजक समितिका सदस्य विपिन बजगाईले बताए । महोतसवमा सहभागीलाई साँझ ५ वजेसम्मका लागि यो सुविधा प्रदान गरिएको छ ।
यही माघ ८ गतेदेखि सुरु महोत्सवमा हरेक दिन राष्ट्रिय कलाकारहरले साँझ सांगातिक प्रस्तुति दिँदै आएका छन् । आदिवासी जनजाति महासंघको समन्वयमा दिनभरी दैनिक विभिन्न जात जातिको सास्कृतिक कार्यक्रम भइरहेको छ ।




Discussion about this post