२ माघ २०८२, शुक्रबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

राजनीति

मेचीनगरमा एआई एक्सरे मेसिनबाट १९ जना क्षयरोगी पत्ता लाग्यो

बैशाख २९, २०८२, १:०१ .सोमवार
0
0
0
SHARES
119
VIEWS
Share on FacebookShare on Twitter

मेचीनगर, २९ बैशाख । मेचीनगरको चार वटा वडामा एआई प्रविधिबाट छातीको एक्सरे परीक्षण गर्दा १९ जना क्षयरोगी भेटिएका छन् ।

मेचीनगर नगरपालिकाले चार वटा वडामा आयोजना गरिएको एक्सरे विधिबाट सक्रिय क्षयरोग खोज पड्ताल तथा निःशुल्क स्वास्थ्य परीक्षण शिविरमा १९ जना क्षयरोगीका विरामी भेटिएका हुन् ।

मेचीनगर–४, ७, १२ र १५ नम्बर वडामा सञ्चालन गरिएको स्वास्थ्य परीक्षण शिविरमा एक हजार १३६ जनाले उपचार सेवा पाउँदा उक्त संख्यामा क्षयरोगीका विरामी भेटिएको स्वास्थ्य शाखा प्रमुख सविता सापकोटाले जानकारी दिइन् ।

चार वटै वडाबाट आशंका गरिएका २३६ जनाको खँकार परीक्षणका लागि नमूना संकलन गरिएको छ । सोमबार वडा नम्बर १५ मा गरिएको शिविरमा २८१ जना मध्ये २८० जनाले क्षयरोग पहिचानका लागि एआई प्रविधिबाट छातीको एक्सरे परीक्षण गरेका थिए । त्यसमध्ये ६ जना क्षयरोगीका विरामी भेटिएका छन् । ७५ जनाको खँकार परीक्षणका लागि नमूना लिएको छ ।

शिविरमा सुगरको ग्लुकोजको मात्रा जाँच गरिएकोमा ६४ जनाको प्रि–मधुमेह देखिएको छ । त्यस्तै मिर्गौलाका लागि पिसावमा प्रोटिनको जाँच गर्दा ३१ जनामा पोजेटिभ देखियो ।

आइतबार वडा नम्बर १२ मा गरिएको शिविरमा ३६२ जनामा ४ जना क्षयरोगी, ७५ जनाको खँकारको नमूना संकलन, शनिबार वडा नम्बर ७ मा गरिएको शिविरमा २६३ जनामा ३ जना क्षयरोगी, ६६ जनाको खँकार संकलन र शुक्रबार वडा नम्बर ४ मा गरिएको शिविरमा २३० जनामा ६ जना क्षयरोगी, २० जनाको खँकार संकलन गरिएको छ ।

गत माघ ८ र १० गते वडा नम्बर २ र १० मा गरिएको उक्त शिविरमा ८ जना क्षयरोगीका विरामी भेटिएको स्वास्थ्य शाखाले बताएको छ ।
त्यसबेला वडा नम्बर २ मा ५ जना मध्ये ३ जना शिविर र २ जना खँकार संकलन गर्दा क्षयरोगीका विारमी भेटिएको थियो । यसैगरी वडा नम्बर १० मा शिविरमा क्षयरोगी भेटिएन तर, खँकारको नमूना संकलन गर्दापछि ३ जना क्षयरोगी भेटिएको थियो ।

शिविरमा कोशी प्रदेशबाटै आएका एआई विज्ञ डाक्टर विनोद मण्डल, मेचीनगर आधारभूत अस्पतालका मेडिकल अधिकृत डाक्टर विकास दास, रेडियोग्राफर सहितको प्राविधिक टिम, स्वायमसेवक, स्वास्थ्य शाखा, स्वास्थ्य केन्द्रका स्वास्थ्यकर्मीहरु, नगरप्रहरी उपचार सेवामा खटिएका थिए ।

आज वडा नम्बर १५ को शिविरमा वडाध्यक्ष गुणराज भट्टराई (राजन), प्रमुख प्रशासकीय अधिकृत अग्निप्रसाद अधिकारी, वरिष्ठ प्रशासकीय अधिकृत अनन्तप्रकाश वस्ती, स्वास्थ्य केन्द्रका प्रदीपकुमार गुप्ता लगायतको उपस्थिति रहेको थियो ।

यो मेसिन कोशी प्रदेशभरिको एउटै हो । यही मेसिनबाट सबै पालिकामा उपचार सेवा दिइरहेको छ । आज साँझ उक्त मेसिन इलामको सूर्योदय नगरपालिका लगिएको छ ।

नगरप्रमुख गोपालचन्द्र बुढाथोकीले क्षयरोगी पहिचान गरी उपचार गराउन आवश्यक भएकोले एआई प्रविधिबाट छातीको एक्सरे परीक्षणको मेसिन ल्याएर सेवा प्रदान गरिएको बताए ।

‘अहिलेलाई ६ वटा वडामा मात्र उक्त शिविर सञ्चालन गरिएको छ’, बुढाथोकीले भने–‘आगामी आर्थिक वर्ष बाँकी रहेको ९ वटै वडामा उक्त शिविर सञ्चालन गरिने छ ।’

मेचीनगर नगरपालिकालाई आगामी २०८३ सालमा क्षयरोग मुक्त घोषणा गर्ने अभियान अन्तरगत यो शिविर सञ्चालन गरिएको हो ।

५ वर्षभित्र क्षयरोग मुक्त घोषणा गर्ने कार्यक्रमको ३ वर्ष सकिएर ४ वर्षमा रनिङ भइरहेको छ । पछिल्लो तीन वर्षमा ५१९ जना क्षयरोग रोगीका विरामी पहिचान गरी प्रत्यक्ष निगरानीमा उपचार भइरहेको छ ।

पछिल्लो समाचार

एसको झापा अध्यक्षमा वीपी भट्टराई

अघिल्लो समाचार

रास्वपाको मेचीनगर अधिवेशन, सभापतिमा सन्तोष

Related Posts

झापा-१ काे निर्वाचन अधिकृतकाे कार्यालय मेचीनगरमा स्थापना
banner

झापा-१ काे निर्वाचन अधिकृतकाे कार्यालय मेचीनगरमा स्थापना

माघ २, २०८२, ९:०२ .शुक्रबार
बिर्तामोडमा माघ ३ र ४ गते सुपर सिक्स क्रिकेट
box -3

बिर्तामोडमा माघ ३ र ४ गते सुपर सिक्स क्रिकेट

माघ १, २०८२, ११:२९ .बिहिबार
बाहुनडाँगीमा चौंथो अन्तराष्ट्रिय ‘तरुल उत्सव’
banner -2

बाहुनडाँगीमा चौंथो अन्तराष्ट्रिय ‘तरुल उत्सव’

पुस ३०, २०८२, ३:१९ .बुधबार
काँकरभिट्टा खेल मैदानको आगो निभाउँन गएका स्थानीय झुक्किए…….
box -2

काँकरभिट्टा खेल मैदानको आगो निभाउँन गएका स्थानीय झुक्किए…….

पुस ३०, २०८२, १:१९ .बुधबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.