झापा, ३० बैशाख । जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख एसपी राजन लिम्बुले रातिको समयमा गीत, संगीतको नाममा डिस्को, बार, डिजेबाट ठुलो आवाजमा आउने ध्वानी रोक्ने बताएका छन् ।
आज चन्द्रगढी स्थित जिल्ला प्रहरी कार्यालयमा पत्रकारसँगको परिचायत्मक तथा अन्तरक्रिया कार्यक्रममा एसपी लिम्बुले यस्तो कुरा बताएका हुन् ।
होटल, बार, डिस्को, महाेत्सव, मेला, सास्कृतिक कार्यक्रम लगायतमा राति अबेलासम्म ठुलो ठुलो ध्वानीका साथ डिजे बजाएर समाज खल्बलाउने जो कोहिलाई नियन्त्रणमा लिने उनले बताए ।
‘पहिला सचेत गराउने’, एसपी लिम्बुले भने–‘अटेर गरे नियन्त्रणमा लिएर कारवाही गरिने छ । रातिको समयमा यसले समाजलाई नकरात्मक असर पारेको छ । मुख्य त विद्यार्थी, साना बालबालिका र विरामीहरुलाई डिजेको ठुलो ठुलो आवाजले डिस्टव गरेको छ । सुत्न र पढ्न सकिदैन । यसलाई समय सीमा बाहेक रोकिन्छ ।’
लागूऔषधको अवस्था भयावह
यही बैशाख २१ गते झापा प्रहरीको कमाण्ड समाल्न आएका एसपी लिम्बुले ७८ प्रतिशत लागूऔषधकाकोे विगविगी रहेको ठाउँ रहेको दावी गरे ।
उनले झापाको १४४ किलोमिटर खुल्ला बोर्डरका कारण भारतबाट प्रतिबन्धीत लागूऔषध नेपाल छिराएर प्रयोग गर्ने, बिक्री गर्ने, कारोवार गर्नेको संख्या धेरै रहेकोले यसलाई नियन्त्रण गर्न सबै समुदाय एकजुट भएर लाग्नु पर्ने बताए ।
उनले भने–‘यो प्रहरीबाट मात्र सम्भव छैन् । समाजका सबै समुदायले साथ दिए न्युनिकरण गर्न सकिने छ । यसका लागि मेरो मुख्य प्राथमिकता रहनेछ ।’
पत्रकारहरुले क्यासिनोमा नेपालीको प्रवेश, मोटरसाइकल चोरी, लागूऔषध, मोटरसाइकलको साइलेन्सरमा लगाएको ठुलो आवाज आउने वस्तु, सवारी दुर्घटना, सडक बालबालिका, नेपालमा प्रतिबन्धीत भारतीय चिठ्ठा, अनलाइन प्रविधिबाट गरिने ओटिपी, भिडियो कल, चिठ्ठा ठगी, शान्ति सुरक्षा, प्रहरी कार्यालयमा विचौलियाको विगविगी, जनताले उजुरी लिएर आएका विषयमा प्रहरी चासो नदिने लगायतका विषयमा ध्यानाकर्षण गराएका थिए ।
एसपी लिम्बुले पत्रकारहरुको सुझावलाई ग्रहण गर्दै सोही अनुसार मेरो कार्यकालको अन्तिम जाने दिनको एक मिनेट अगाडिसम्म प्रहरीको बर्दीको सम्मान गर्दै नागरिकका लागि काम गर्ने दावी गरे ।
कार्यक्रमको सहजीकरण जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता एवम् डिएसपी खगेन्द्रबहादुर खड्काले गरेका थिए ।




Discussion about this post