२४ असार २०८२, मंगलवार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

खेलकुद

निलसरी च्यालेञ्ज कपकाे उपाधि रेडहर्स इलामलाई

जेष्ठ १, २०८२, १०:३१ .बुधबार
0
0
0
SHARES
5
VIEWS
Share on FacebookShare on Twitter

मेचीनगर, ३० बैशाख । निलसरी च्यालेन्ज कपको उपाधि रेडहर्ष इलामले जितेको छ ।

मंगलबारकाे फाइनल खेलमा आयोजक युथ जोरसिमललाई पेनाल्टी सुटआउटमा हराउँदै रेडहर्ष इलामले उपाधि जितेको हो ।

निर्धारित समयमा दुवै टिमले २-२ गाेलले बराबरी भए पछि खेलको निर्णय टाइब्रेकरबाट लिइएको थियो ।

पेनाल्टी सुटआउटमा रेडहर्ष इलामले आयोजकलाई ३-२ गोल अन्तरले पराजित गरेको थियो ।

आयोजकका राज क्षेत्री, अविनाश चौधरीले गोल गरेका थिए । अरुन मेचेको प्रहार गाेलरक्षक निश्चल दनुवारले बचाए भने प्रदिप श्रेष्ठ, पुजन श्रेष्ठको प्रहार बाहिरिएको थियो ।

रेडहर्षका म्यागनेट लिम्बू, सविन मगर र साङ्गे शेर्पाले गोल गरे भने रोमन योगी, विवेक सुनामको प्रहार बाहिरियो ।

आयोजक झापा एफसीलाई पराजित गर्दै फाइनल प्रवेश गरेको थियो । रेडहर्स एफसी इलाम बेलबारी एफसीलाई पराजित गर्दै फाइनल प्रवेश गरेको थियो ।

खेलको २१ औँ मिनेटमा रेडहर्षका साङ्गे शेर्पाले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । आयोजकको डिफेन्सको गल्तीको फाइदा उठाउँदै साङ्गे शेर्पाले उत्कृष्ट गोल गरेका थिए ।

आयोजकका लागि रोहित सुब्बाले बराबरी गोल फर्काएका थिए । अरुन मेचेको क्रस पासलाई सदुपयोग गर्दै हेडमार्फत रोहित सुब्बाले जाली चुमाए ।

निशान मुर्मुले इञ्जुरी समयमा गोल गर्दै टिमलाई २-१ काे स्थितिमा पुर्‍याएका थिए । डिबक्स नजिकैबाट निशानले गरेको प्रहारलाई विपक्षी गोलरक्षक निकेश पाण्डेले बचाउन सकेनन् ।

पहिलो हाफ २-१ ले अगाडि आयोजकलाई खेलको अन्तिम समयमा रेडहर्षका साङ्गे शेर्पाले गोल गर्दै खेल बराबरी बनाएका थिए ।

प्रतियोगिताको विजेता रेडहर्ष इलामले २ लाख र उपविजेता आयोजकले १ लाख नगदसहित ट्रफी प्राप्त गरेकाे थियाे ।

खेलको म्यान अफ द म्याच रेडहर्ष इलामका साङ्गे शेर्पा घोषित भए । उनले नगद २५ सयसहित ट्रफी प्राप्त गरे ।

प्रतियोगिताको बेष्ट गोलरक्षक आयोजकका विपिन चौधरी, प्लेयर अफ द सिरिज र इमर्जिङ प्लेयर अरुन मेचे, बेष्ट मिडफिल्डर निशान मुर्मु, बेष्ट कोच डिकबहादुर धिमाल, हाइ स्कोरर उर्लाबारी एफसीका आशिष चापागाई, बेष्ट डिफेन्स इलामका विवेक सुनाम, बेष्ट स्ट्राइकर दिपेश राई घोषित भए । उनीहरुले नगद ५ हजारसहित ट्रफी प्राप्त गरे ।

संविधानसभा सदस्य रविन कोइरालाको प्रमुख आतिथ्यता सम्पन्न भएको कार्यक्रममा मेचीनगर-१० का वडाध्यक्ष नारायण खनाल, ७ का प्रलादमणि ओली, झापा जिल्ला फुटबल संघका महासचिव शेरबहादुर बस्नेत, दुर्गेश्वरी कृषि सहकारी संस्थाका अध्यक्ष सन्तोष मेचे लगायतको आतिथ्यता रहेको थियो ।

अध्यक्ष सुन्दर मेचेको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सचिव सञ्जय मेचेले गरेका थिए ।

पछिल्लो समाचार

रातिसम्म ठुलो आवाजमा डिजे बजाउन दिदैनौँ : एसपी लिम्बु

अघिल्लो समाचार

मेचीनगरमा ‘पुरुष सञ्जाल’ गठन, संयोजकमा मोहन काजी

Related Posts

पत्रकार भण्डारीलाई नारी सञ्चार साधना पुरस्कार
banner

पत्रकार भण्डारीलाई नारी सञ्चार साधना पुरस्कार

असार २२, २०८२, १०:३७ .आइतवार
थाइल्याण्डबाट फर्किएका खेलाडी र रेफ्रीलाई काँकरभिट्टामा स्वागत
banner -2

थाइल्याण्डबाट फर्किएका खेलाडी र रेफ्रीलाई काँकरभिट्टामा स्वागत

असार २२, २०८२, १०:०६ .आइतवार
काँकरभिट्टा खानेपानी अब डिजिटल स्मार्ट खानेपानी बन्दै
banner -1

काँकरभिट्टा खानेपानी अब डिजिटल स्मार्ट खानेपानी बन्दै

असार २२, २०८२, ८:०१ .आइतवार
मेचीनगर लेडी जेसीजको ‘जेसीज सप्ताह’ समापन
अर्थ

मेचीनगर लेडी जेसीजको ‘जेसीज सप्ताह’ समापन

असार २१, २०८२, ८:३२ .शनिबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.