८ माघ २०८२, बिहीबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

समाज

ढुंगा, गिटी उठाउन कानून संशोधन गर्न पालिकाहरुको सुझाव

जेष्ठ १, २०८२, १:२९ .बिहिबार
0
0
0
SHARES
99
VIEWS
Share on FacebookShare on Twitter

झापा, १ जेठ । जनप्रतिनिधिहरु स्थानीय तहमा चुनाव जितेर आएपछि सबै भन्दा पेचिलो विषय बनेको नदीजन्य पदार्थ व्यवस्थापनको पक्ष नै हो ।

तराई क्षेत्रमा रहेको इलामको चुलाचुली, उदयपुर, झापा, मोरंग र सुनसरीका पालिकाहरुलाई नदीजन्य पदार्थ उत्खनन्मा निक्कै नै सकस व्यहोर्नु परिरहेको छ ।

२०७४ सालको चुनाव होस् वा २०७९ को । दुई कार्यकालका नगरप्रमुख र अध्यक्षहरुले खोलाबाट ढुंगा, गिटी र बालुवा उत्खनन् गर्न ठेकेदारलाई जिम्मा दिँदा पनि कानूनका धेरै झनझटहरुका कारण हैरान बनेका छन् ।

संघिय कानून र प्रदेशको कानून समेत बाझिन थालेकोले पालिकाहरुले राजश्व संकलन गर्न कठिनाइहरु भइरहेको छ । त्यसै कारण संघिय कानूनले गर्दा प्रदेशले बनाएको कानूनहरुको कार्यान्वयन गर्न सकिरहेको छैन ।

यसै विषयहरुलाई मध्येनजर गरेर कोशी प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयले माथि उल्लेख गरिएका पालिकाहरुसँग बृहत छलफल गर्न सुरु गरेको छ ।

बुधबार विराटनगरमा आर्थिक मामिला तथा योजना मन्त्रालयले पर्यटन, वन तथा वातावरण मन्त्रालयसँग समन्वय गरेर नदीजन्य पदार्थ प्रभावित क्षेत्रका नगरप्रमुख र अध्यक्षहरुको राय, सुझाव र समस्याको समाधानका लागि घनिभूत छलफल गरेको थियो ।

प्रदेश वन नियमावली र ढुंगा गिटी सम्बन्धी मापदण्ड २०७७ का प्रावधानहरु बाझिएकोलेकार्यान्वयनमा देखिएको अन्योलता भइ वन क्षेत्रको नदीजन्य पदार्थको ठेक्का बन्दोवस्त हुन नसकेकोले चोरी निकासी बढेको, निजी जग्गाबाट उत्खनन् हुने नदीजन्य पदार्थ संकलन तथा बिक्रीको दररेट न्युन भएको, नदी, वन तथा निजी जग्गाबाट निस्कने ढुंगा गिटी र बालुवा लगायतका प्राकृतिक श्रोत संकलन तथा बिक्री दर एउटै बनाउन कोशी प्रदेश आर्थिक ऐन २०८१ को अनुसूची ६ मा आवश्यक संशोधन गर्ने, स्टक प्रमाणित नीतिगत व्यवस्थापनमा सुधार गर्ने प्रस्तावहरु पेश गरिएको छ ।

यस्तै प्रदेश सरकार र स्थानीय तहबीच राजश्व सम्बन्धी अन्तरसम्बन्ध कायम गर्ने, ढुंगा, गिटी, बालुवा लगायत नदीजन्य सामग्रीको दिगो व्यवस्थापन गर्न प्रदेश सरकारको पर्यटन, वन तथा वातावरण मन्त्रालयले प्रदेशभित्रका नदी प्रणाली पहिचान गरी वातावरणीय प्रभाव मुल्याङ्कन (इए) र वातावरणीय परीक्षण (आइए) को आवश्यक व्यवस्थापन मिलाउने, नदीजन्य पदार्थ उत्खनन् तथा ढुवानीमा प्रयोग हुने मेसिन तथा साधानको स्तर हेरी दण्ड जरिवानाको रकम तोक्न कोशी प्रदेश आर्थिक ऐन २०८१ को अनुसूची ११ मा आवश्यक संशोधन गर्ने लगायतका सुझावहरु पेश गरिएको छ ।

पालिकाहरुलाई विगतदेखि नै ढुंगा गिटी ठेक्का लगाए पनि त्यसको क्षेत्र, स्टक र प्रमाणित गर्दा थुप्रै कानूनी जटिलताहरु देखिएको थियो । अब उक्त समस्याहरु कानून संशोधन गरेर समाधान गर्दै जाने गरी छलफल भएको छ ।

मेचीनगर नगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाथोकीले नदीजन्य पदार्थ उत्खनन् र व्यवस्थापनमा समस्या देखिएकोले संघिय र प्रदेश सरकारका कानूनहरुलाई संशोधन गरेर उपयुक्त कानून बनाउन सुझाव दिएको बताए ।

कोशी प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर रानाको अध्यक्षतामा उक्त कार्यक्रम सम्पन्न भएको थियो ।

पछिल्लो समाचार

‘हाम्रो मेचीनगर’ पुस्तक शिक्षकहरुले धमाधम लान थाले

अघिल्लो समाचार

हुण्डी कारोबारको आरोपमा धुलाबारीका ७ व्यापारी पक्राउ

Related Posts

अब बीएण्डसीमा ´डर्मटाेलाेजी` सेवा पनि सुरू
banner -2

अब बीएण्डसीमा ´डर्मटाेलाेजी` सेवा पनि सुरू

माघ ७, २०८२, ४:०२ .बुधबार
झापामा १७ जना स्वतन्त्रसहित ९० जनाको उम्मेदवारी
banner -1

झापामा १७ जना स्वतन्त्रसहित ९० जनाको उम्मेदवारी

माघ ६, २०८२, ३:२८ .मङ्लबार
झापा–१ मा दुई स्वतन्त्रसहित १५ जनाको उम्मेदवारी दर्ता
banner

झापा–१ मा दुई स्वतन्त्रसहित १५ जनाको उम्मेदवारी दर्ता

माघ ६, २०८२, १:२० .मङ्लबार
बीएन्डसीले तत्काल ऋणको व्याज र किस्ता तिर्नु नपर्ने
box -1

राजावादी नेता प्रसाई पोखराबाट पक्राउ

माघ ५, २०८२, १२:०५ .सोमवार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.