मेचीनगर, १ जेठ । हुण्डीमार्फत अवैध तरिकाले वित्तीय कारोबार गरेको आरोपमा धुलाबारीबाट ७ जना पक्राउ परेका छन् ।
बुधबार नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोलीले मेचीनगर–१० स्थित धुलाबारी बजारबाट पक्राउ गरेको हो ।
प्रहरी स्रोतका अनुसार पक्राउ पर्नेहरुमा सुनिल राई, अंकित अग्रवाल, महेश पौडेल, दीपेन्द्र खड्का, निर्मल राई, अनुज मारु र कविस मारु रहेका छन् ।
पक्राउ पर्नेहरु धुलाबारीका ठुला व्यापारी हुन् । उनीहरूले । हुण्डीमार्फत अवैध रुपमा अरबौँ रकम कारोबारी गरेको प्रहरीको आरोप छ ।
उनीहरु भन्सार छली, अवैध सुन, हुण्डी कारोबारीमा संलग्न रएको आशंका गरिए पनि सीआईबीले यस बारेमा धारणा सार्वजनिक गरेको छैन् ।
सीआईबीका प्रहरी निरीक्षक सहितको टोलीले उनीहरूलाई विहान पक्राउ गरेर थप अनुसन्धानका लागि काठमाडौँ लगेको छ । जिल्ला प्रहरी कार्यालय झापाको सहकार्यमा टोलीले उनीहरूलाई पक्राउ गरेको थियो ।




Discussion about this post