हल्दिबारी, १ जेठ । हल्दिबारीमा बुधबार राति आएको हावा हुण्डरीले घर भत्काई काठको बीमले थिचेर एक जनाको मृत्यु भएको छ ।
राति ११ः५० वजे आएको हावा हुण्डरीले हल्दिबारी गाउँपालिका–५ स्थित त्रिबेणी चोकका ६५ वर्षीय मानबहादुर मगरको घर भत्केर काठको बीमले थिचेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
टिनको छाना भएको टाडेघरमा सुति रहेका मगरको हावा हुण्डरीले घर भत्केर काठको बीमले थिचीरहेको अवस्थामा स्थानीयले देखेर निकाली हेर्दा मृत्यु भईसकेको अवस्थामा भेटिएको प्रहरीको भनाई छ ।




Discussion about this post