८ माघ २०८२, बिहीबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

शिक्षा

धुलाबारी माविको गीत लोकार्पण, १३० विद्यार्थीलाई सहिद वीरेन छात्रवृति

जेष्ठ २, २०८२, १२:५६ .शुक्रबार
0
0
0
SHARES
46
VIEWS
Share on FacebookShare on Twitter

मेचीनगर, २ जेठ । मेचीनगर नगरपालिकाको सहयोगमा धुलाबारी माविले सहिद वीरेन राजबंशी छात्रवृति रकम वितरण गरेको छ ।

आज विद्यालयको सभाहलमा वीरेन राजबंशी छात्रवृति तथा विद्यालयको गीत लोकार्पण कार्यक्रममा १३० जना विद्यार्थीहरुलाई छात्रवृति रकम वितरण गरिएको हो ।

कक्षा–११ र १२ का विद्यार्थीहरुलाई जनही ८ हजार रुपैयाँका दरले रकम वितरण गरिएको छ । कार्यक्रमका प्रमुख अतिथि एवम् सोही विद्यालयका पूर्व विद्यार्थी समेत रहेका मेचीनगर नगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाथोकीले छात्रवृति रकम वितरण गरेका हुन् ।

नगरपालिकाले विद्यालयलाई छात्रवृतिका लागि दश लाख ४० हजार रुपैयाँ बजेट छुट्टाएको थियो ।

२०२८ सालको झापा विद्रोह आन्दोलनमा पक्राउ परेका मेचीनगर–१५ स्थित ज्यामिरगढी निवासी बामपन्थी नेता सहिद राजबंशीसहित ५ जनालाई २०२९ फागुन २१ गते झापा प्रहरीले जेल सार्ने नाममा इलाम लाने भनेर सुखानी जंगलमा विभत्स् ढंगले गोली हानेर मारेको थियो ।

नगरपालिकाले प्रत्येक वर्ष सहिद वीरेन राजबंशी र वीपी कोइरालाको नाममा विद्यार्थीलाई छात्रवृति रकम वितरण गर्दै आएको छ ।

विद्यालयको गीत लोकार्पण

यसैगरी प्रमुख अतिथि बुढाथोकीले विद्यालयको गीत डिजिटल कम्युटरमा थिचेर लोकार्पण गरेका थिए ।

यस्तो छ गीत……

सबैका लागि शिक्षा सबैका लागि खेलकुद
प्राविधिक धारसहित आधार यसको मज्बुद
धुलाबारी मावि………….

इतिहास लामो बोकी सगर्व ज्ञान छर्ने
कलिला मुनाहरूमा सुनौला रङ्ग भर्ने
विद्यार्थी गर्छन् लाखौँ सिर्जना नौलानौला
मस्तिष्कमा चिन्तन कर्ममा हुन्छन् औँला
धुलाबारी मावि…………..

भवनहरू सुन्दर विशाल छ परिसर
हेरिरहूँ झैँ लाग्ने छ वाग झन् मनोहर
विश्वभरि छन् यसका उत्पादन कर्म गर्दै
महान छन् बनेका संज्ञान आफ्ना छर्दै
धुलाबारी मावि…………….

विशाल वृक्ष हो यो समाजले रोपेको
नयाँ पिँढीले हरदम पौरख गरी गोडेको
गुरुहरू सदा छन् कर्तव्यमा जुटेका
खोज्दै कला कौशल विद्यार्थीमा लुकेका
धुलाबारी मावि…………

उक्त गीतमा शिक्षक मिलनकुमार ढुंगानाको शब्द रचना, भविन ढुंगाना संगीत, भानुभक्त ढकाल, रोशा फुयल, सुनिता तामाङ र भविन ढुंगानाको स्वर, कुशलसिंह नाइलको एरेन्ज, श्याम बागदासको मिक्सिङ, डो रे मी स्टुडियो काठमाडौँको रहेको छ ।

कार्यक्रममा प्रमुख अतिथि नगरप्रमुख बुढाथोकीले छात्रवृतिको रकमले विद्यार्थीलाई शिक्षाप्रति हौसला प्रदान गर्ने काम गरेको बताए । उनले विद्यालयको गीतलाई विहानको भजन बजाए जसरी बजाउन आग्रह गरेका थिए ।

कार्यक्रममा नगरपालिकाका शिक्षाशाखा प्रमुख होमनाथ भण्डारी, सामाजिक विकास समिति संयोजक ह्दय राजबंशी, धुलाबारी मावि पूर्व विद्यार्थी समाजका अध्यक्ष ध्रुब कनाल, प्रधानाध्यापक महेन्द्रविलास लुइटेल, गीतका शब्द रचनाकार शिक्षक ढुंगाना लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

कोशी प्रदेशमा नै उत्कृष्ट रहेको विद्यालयमा ३ हजार भन्दा बढी विद्यार्थीहरु पढ्ने गर्छन् ।

धुलाबारी माविका व्यवस्थापन समिति अध्यक्ष गणेशविक्रम नेम्बाङको अध्यक्षतामा सम्पन्न कार्यक्रमको स्वागत सहायक प्रधानाध्यापक तेजप्रसाद चौलागाईले र सञ्चालन शिक्षक रमेश दाहालले गरेका थिए ।

पछिल्लो समाचार

हावा हुण्डरीले घर भत्किदा काठको बीमले थिचेर मगरको मृत्यु

अघिल्लो समाचार

शर्माले सगरमाथा बेसक्याम्पमा मन्त्रीहरु बोलाएर गरे छलफल

Related Posts

अब बीएण्डसीमा ´डर्मटाेलाेजी` सेवा पनि सुरू
banner -2

अब बीएण्डसीमा ´डर्मटाेलाेजी` सेवा पनि सुरू

माघ ७, २०८२, ४:०२ .बुधबार
झापामा १७ जना स्वतन्त्रसहित ९० जनाको उम्मेदवारी
banner -1

झापामा १७ जना स्वतन्त्रसहित ९० जनाको उम्मेदवारी

माघ ६, २०८२, ३:२८ .मङ्लबार
झापा–१ मा दुई स्वतन्त्रसहित १५ जनाको उम्मेदवारी दर्ता
banner

झापा–१ मा दुई स्वतन्त्रसहित १५ जनाको उम्मेदवारी दर्ता

माघ ६, २०८२, १:२० .मङ्लबार
बीएन्डसीले तत्काल ऋणको व्याज र किस्ता तिर्नु नपर्ने
box -1

राजावादी नेता प्रसाई पोखराबाट पक्राउ

माघ ५, २०८२, १२:०५ .सोमवार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.