३० पुष २०८२, बुधबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

शिक्षा

लैङ्गीक हिंसा अन्त्य गर्न समुदायसँग जोडिदै मेचीनगर

जेष्ठ ४, २०८२, १:३१ .आइतवार
0
0
0
SHARES
88
VIEWS
Share on FacebookShare on Twitter

मेचीनगर, ४ जेठ । मेचीनगरमा लैङ्गीक हिंसा अन्त्य गर्न नगरपालिकाले यहाँका सामाजिक संघ–संस्थाहरुसँग हातेमालो गरेरअघि बढिरहेको छ ।

मेचीनगर नगरपालिका र यहाँका सामाजिक संघ–संस्थाहरु महिलामाथि हुने जुन सुकै प्रकारका लैङ्गीक हिंसा न्युनिकरणका लागि विभिन्न माध्यमबाट काम गरिरहेको छ ।

नगरपालिकाको महिला तथा बालबालिका शाखाले महिलाहरुको हित र सुरक्षाका लागि आफ्नै बजेट र विभिन्न दातृ निकायको सहयोगमा अभियान चलाइरहेको छ ।

अपाङ्गता तथा बालबालिकाको क्षेत्रमा कोशी प्रदेश सामाजिक विकास मन्त्रालय र करुणा फाउण्डेशनसँग मिलेर नगरपालिकाले काम गरिरहेको छ ।

त्यस्तै विश्व बैंकको अनुदान सहयोगमा लैङ्गीक हिंसा रोकथाम तथा प्रतिकार्यका लागि एकीकृत सेवा पहुँच परियोजना अन्तरगत मेचीनगरमा लैङ्गीक हिंसा न्युनिकरणको पनि तीन वर्षे अभियान सुरु भएको छ ।

सोही अन्तरगत अहिले लैङ्गीक हिंसा रोकथामका लागि विभिन्न समिति गठन, तालिम, सचेतना लगायतका अभियान हुन थालेको छ ।
आइतबारदेखि जेठ ११ गतेसम्म लैङ्गीक हिंसा न्युनिकरणका लागि सबै समुदायसँग जोडिएर तालिम, सचेतना, क्षमता अभिवृद्वि लगायतका कार्यक्रमहरु गरिन थालिएको छ ।

आज जेठ ४ र ५ गते लैङ्गीक हिंसा विरुद्ध संलग्न सरोकारवालाहरुसँग क्षमता अभिवृद्वि कार्यक्रम सुरु गरिएको छ ।

श्रीमती दास होइन, जीवनसाथि हो : नगरप्रमुख बुढाथोकी

कार्यक्रमका प्रमुख अतिथि मेचीनगर नगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाथोकीले महिला हिंसा सम्बन्धीका घटनाहरु समाजमा थुप्रै रहेको बताए ।

‘पुरुष हिंसा पनि छ’, नगरप्रमुख बुढाथोकीले भने–‘तर, धेरै पीडित महिला छन । श्रीमती दास होइन, जीवनसाथि हो । यस्तो खालको प्रवृति अझै समाजमा छ । यस्ता धेरै कुराको अन्त्य हुन आवश्यक छ ।’

नगरपालिका र दातृ निकायको सहयोगमा गरिने यस्ता अभियानलाई सबैले साथ र सहयोग लिएर लक्ष्यमा पुग्नु पर्ने उनको जोड छ ।
कार्यक्रममा नगरपालिकाका वरिष्ठ प्रशासकीय अधिकृत अनन्तप्रकाश वस्तीले मेचीनगरले लैङ्गीक हिंसा मुक्त अभियान अन्तरगत कानूनी, सामाजिक, सशक्तिकरण लगायतको क्षेत्रमा काम गरेका संस्थाहरुसँग सहकार्य गरेर काम गरिरहेको बताए ।

कार्यक्रमको अध्यक्षता गरेकी नगरपालिकाकी उपप्रमुख मीना पोखरेल उप्रेतीले विगतमा महिलाहरुले समस्या समाजमा लुकाउने गरेको बताइन् ।

अहिले धेरै महिलाहरुले आफ्ना समस्या समाजमा खुलेर बोल्न थालेको उनको दावी छ । हिंसामा परेका पुरुषहरुलाई पनि न्यायिक समितिबाट मानो चामल भराईएको बताइन् ।

सोमबार सम्म चल्ने कार्यक्रममा ओसीएमसी प्रादेशिक अस्पताल भद्रपुरका डाक्टरको टिम, इलाका प्रहरी कार्यालय काँकरभिट्टा तथा धुलाबारीका प्रहरी र महिला सेलका प्रहरीको टिम,सामुदायिक विद्यालयका प्रधानाध्यापकहरु, महिला हिंसा सम्बन्धी काम गर्ने विभिन्न सामाजिक संघ–संस्थाहरु लगायत ४० जनाको सहभागिता रहेको छ । सहभागीहरुलाई लैङ्गीक हिंसा सम्बन्धीकी वरिष्ठ विज्ञ मेनुका वस्नेत विष्टले प्रशिक्षण दिइरहेकी छन् ।

सोही सम्बन्धीको सचेतना कार्यक्रम यही जेठ ६ र ७ गते १५ वटै वडाका मेलमिलाप कर्ताहरुलाई, जेठ ८ र ९ गते दलित महिला, महिला जनप्रतिनिधि, शाखा प्रमुख, महिला वडा सचिव, कार्यपालिका सदस्यहरुलाई र जेठ १० र ११ गते नगरपालिकाले भर्खरै गठन गरेको पुरुष सञ्जालको कार्यसमिति र वडाका सञ्जाल प्रतिनिधिहरुलाई पनि दिइने बताइएको छ ।

क्षमता अभिवृद्वि कार्यक्रमको स्वागत लैङ्गीक हिंसा सम्बन्धी विज्ञ कमला उप्रेतीले र सञ्चालन महिला विकास अधिकृत जयन्ती खरेलले गरेकी थिइन् ।

विश्व बैंकको सहयोगमा लैङ्गीक हिंसा रोकथाम तथा प्रतिकार्यका लागि एकीकृत सेवा पहुँच परियोजना अन्तरगतको लैङ्गीक हिंसा न्युनिकरणका कार्यक्रम कोशी प्रदेशको धनकुटा, उर्लाबारी, मेचीनगर नगरपालिका र भोटखोला गाउँपालिका तथा लुम्बिनी प्रदेशको तिलोतमा र रामग्राम नगरपालिकामा पाइलट प्रोजेक्टको रुपमा सञ्चालन भइरहेको छ ।

 

पछिल्लो समाचार

शर्माले सगरमाथा बेसक्याम्पमा मन्त्रीहरु बोलाएर गरे छलफल

अघिल्लो समाचार

मेचीनगरमा धमाधम बाढिदैँ ‘सहिद वीरेन छात्रवृति’ रकम

Related Posts

मेचीनगरमा डोर टोलीद्वारा नाप–तौल परीक्षण सम्पन्न
banner

मेचीनगरमा डोर टोलीद्वारा नाप–तौल परीक्षण सम्पन्न

पुस २९, २०८२, १:५८ .मङ्लबार
दार्जिलिङको तराइ प्रेस क्लब च्याम्पियन
banner -1

दार्जिलिङको तराइ प्रेस क्लब च्याम्पियन

पुस २८, २०८२, १:४७ .सोमवार
कांग्रेसको विशेष महाधिवेशनमा महामन्त्रीद्वय गगन र विश्वको गर्जन
box -3

कांग्रेसको विशेष महाधिवेशनमा महामन्त्रीद्वय गगन र विश्वको गर्जन

पुस २७, २०८२, २:०५ .आइतवार
‘प्रथम भाक्का पिठ्ठ उत्सव’ ऐतिहासिक : नगरप्रमुख बुढाथोकी
banner -1

‘प्रथम भाक्का पिठ्ठ उत्सव’ ऐतिहासिक : नगरप्रमुख बुढाथोकी

पुस २७, २०८२, १:३२ .आइतवार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.