२ माघ २०८२, शुक्रबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

समाज

लिङ्गको आधारमा गरिने विभेद नै लैङ्गिक हिंसा : सदभावना दुत ठकुरी

जेष्ठ १०, २०८२, १:३६ .शनिबार
0
0
0
SHARES
47
VIEWS
Share on FacebookShare on Twitter

मेचीनगर, १० जेठ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय अन्तरगतको लैङ्गिक हिंसा विरुद्धको पुरुष सञ्जालका सदभावना दुत संजोग ठकुरीले व्यक्तिको लिङ्गको आधारमा गरिने हिंसा नै लैङ्गिक हिंसा भएको बताएका छन् ।

काँकरभिट्टा खानेपानीको सभाहलमा शुक्रबार विश्व बैंकको सहयोगमा लैङ्गिक हिंसा रोकथाम तथा प्रतिकार्यका लागि एकीकृत सेवा पहुँच परियोजना अन्तरगत मेचीनगरमा लैङ्गिक हिंसा विरुद्धको पुरुष सञ्जालहरुका लागि क्षमता अभिवृद्वि कार्यक्रममा प्रशिक्षक समेत रहेका सदभावना दुत ठकुरीले यस्तो कुरा बताएका हुन् ।

‘प्राकृतिक बाहेक समाजले बनाएका धेरै नियमहरु लैङ्गिकतासँग जोडिएका छन्’,ठकुरीले भने–‘लैङ्गिक हिंसा सबै वर्गमा हुन्छ । महिलाले यो, पुरुषले यो काम गर्नु पर्छ भनेर समाजले बनाएको नियम हो । त्यो परिवर्तशील छ ।’

पुरुषोत्व, नारीत्व, समानता र समता, विशाक्त र सकारात्मक कुराहरु सबै पृतिसतात्मक सोचले लैङ्गिक हिंसा बढिरहेको उनको भनाई छ । पुरुषले गर्ने काम महिलाले र महिलाले गर्ने काम पुरुषले पनि गर्न सक्छन् । जस्तो भात पकाउने, नेतृत्वकर्ता, पैसा कमाउने, जागिर खाने, संस्कार सिकाउने, पूजापाठ, सहनशील, मायालु, हँसिलो, घर र बच्चाको हेरविचार लगायतका काम दुवै जनाले गर्न सक्छन् ।

महिला, पुरुष वा अन्य लिङ्गी भएकै कारण हुने हिंसा लैङ्गिक हिंसा हो । लैङ्गिक हिंसा कानूनी अपराध हो । लैङ्गिक हिंसाको कुरा गर्दा महिला भएकै कारण महिला उपर बढी नै मात्रामा हिंसा हुने गरेकाले महिला हिंसा भन्ने बुझिन्छ ।

स्थानीय तहका जनप्रतिनिधि र कर्मचारी पुरुषहरूले लैङ्गिक समानता, सामाजिक सशक्तीकरण नीति, लैङ्गिक हिंसा निवारण नीति बनाई कार्यान्वयन गर्ने र समुदायमा कानूनी साक्षरता अभियानहरू सञ्चालन गर्नुपर्छ ।

पीडित महिलाहरूलाई अभियानकर्ताको रूपमा परिचालन गर्न परिवारका सदस्य र आफन्तहरूलाई उत्प्रेरित गर्ने, महिलाको आर्थिक सशक्तीकरणका कार्यक्रम तथा बजेटहरू तय गर्ने, चेतनामूलक कार्यक्रमहरू सञ्चालन गर्ने जस्ता कामले पनि यो अभियानमा सहयोग पुर्याउन सक्छ ।

यस्ता विषयमा महिला भन्दा पुरुष बढि जिम्मेवार हुन्छन् । नारीमा पुरुषोत्व र पुरुषोत्वमा नारीत्व हुन्छ । महिलाले बच्चा जन्माउने र स्तनपान तथा पुरुषले शुक्रकिट (विर्य) उत्पादन गर्ने बाहेक महिला र पुरुषमा भिन्नता नभएको ठकुरीको भनाई छ ।

महिला माथि हुने सामाजिक, सांस्कृतिक, आर्थिक, पारिवारिक, शारीरिक, मानसिक, राजनीतिक तथा यौनजन्य रूपमा भोग्नु परेको हिंसा, जुनसुकै जातजाति, समुदाय र वर्गहरू, ग्रामीण तहदेखि शहरी क्षेत्रमा र तल्लो तहदेखि माथिल्लो निकायसम्म वा सर्वहारा वर्गदेखि सामन्ती, पूँजीपति वर्गका महिला समेत पीडित हुने गरेका छन् ।

परापूर्वकालदेखि चलिआएका रुढिवादी सोच, गलत परम्परा, विभेद लगायत कारण महिलाहरू हिंसामा पर्ने क्रम रोकिएको छैन । त्यसैले महिला समानता र समताको कुरा उठ्न थालेको छ ।

जवरजस्ती करणी, बाल विवाह, बहुविवाह, मानव वेचविखन, अपहरण तथा शरिर बन्धक, गर्भपतन, अप्राकृतिक मैथुन, जातीय छुवाछूत, बोक्सीको आरोप, बाल यौन दुरुपयोग, घरेलु हिंसा, हाडनाता विवाह, अभद्र व्यवहार लगायतका घटना लैङ्गिक हिंसामा पर्दछ ।

कार्यक्रमका प्रमुख अतिथि मेचीनगर नगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाथोकीले महिलामाथि हुने विभिन्न खालका हिंसामा पुरुषहरु बढि जिम्मेवार हुने भएकोले पुरुष सञ्जाललाई सक्रिय बनाउने अभियान सुरु गरिएको बताए ।

कार्यक्रमको अध्यक्षता गरेकी उपप्रमुख मीना पोखरेल उप्रेतीले अधिकांश महिलाहरु हिंसामा परेका छन् । लैङ्गिक हिंसामा परेका महिलाहरुको संरक्षणका लागि पनि पुरुषहरु एउटा रथको दुई पाङ्ग्राको रुपमा सारथि भएर हिड्नु पर्ने उप्रेतीको बुझाई छ ।

शुक्रबार जनप्रतिनिधिसँगको छलफल कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत अग्निप्रसाद अधिकारीले हिंसारहित समाज निर्माणमा जनप्रतिनिधिहरुले ड्राइभरको रुपमा काम गर्नु पर्ने बताए ।

लैङ्गिक हिंसा सम्बन्धीकी विज्ञ मेनुका वस्नेत विष्टले लैङ्गिक हिंसा मुक्त नगरपालिका भएको सुन्न पाइयोस् भन्ने धारणा राखेकी थिइन् ।

यही जेठ ४ गतेदेखि सञ्चालन भएको लैङ्गिक हिंसा विरुद्ध कार्यक्रममा सरोकारवाला, १५ वटै वडाका वडाध्यक्ष, मेलमिलाप कर्ताहरुलाई, दलित महिला, महिला जनप्रतिनिधि, शाखा प्रमुख, महिला वडा सचिव, कार्यपालिका सदस्यहरुलाई सचेतना कार्यक्रम दिइसकेको छ ।

यस्तै पुरुष सञ्जालको कार्यसमिति र वडाका सञ्जाल प्रतिनिधिहरुलाई पनि यही प्रकृतिको क्षमता अभिवृद्वि कार्यक्रम शुक्रबार र शनिबार सञ्चालन भइरहेको छ । शनिबार समापन हुने कार्यक्रममा पुरुष सञ्जालका संयोजक मोहन काजी लगायतको सहभागिता रहेको छ ।

ती सबै कार्यक्रमको प्रशिक्षकका रुपमा लैङ्गिक हिंसा सम्बन्धीकी विज्ञ विष्ट, कमला उप्रेती र सदभावना दुत ठकुरीले गरेका छन् । कार्यक्रमको सहजीकरण नगरपालिकाकी महिला विकास अधिकृत जयन्ती खरेलले गरिरहेकी छन् ।

 

 

पछिल्लो समाचार

पूर्वीद्वार साकोसले मेचीनगरमा टिकटक प्रतियोगिता गर्दै

अघिल्लो समाचार

नयाँ मौद्रिक नीति व्यवसायीको हितमा आउँछ : उपाध्यक्ष ढकाल

Related Posts

झापा-१ काे निर्वाचन अधिकृतकाे कार्यालय मेचीनगरमा स्थापना
banner

झापा-१ काे निर्वाचन अधिकृतकाे कार्यालय मेचीनगरमा स्थापना

माघ २, २०८२, ९:०२ .शुक्रबार
बिर्तामोडमा माघ ३ र ४ गते सुपर सिक्स क्रिकेट
box -3

बिर्तामोडमा माघ ३ र ४ गते सुपर सिक्स क्रिकेट

माघ १, २०८२, ११:२९ .बिहिबार
बाहुनडाँगीमा चौंथो अन्तराष्ट्रिय ‘तरुल उत्सव’
banner -2

बाहुनडाँगीमा चौंथो अन्तराष्ट्रिय ‘तरुल उत्सव’

पुस ३०, २०८२, ३:१९ .बुधबार
काँकरभिट्टा खेल मैदानको आगो निभाउँन गएका स्थानीय झुक्किए…….
box -2

काँकरभिट्टा खेल मैदानको आगो निभाउँन गएका स्थानीय झुक्किए…….

पुस ३०, २०८२, १:१९ .बुधबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.